लघुकथा : अष्टाङ्ग

519
shares
Nabil bank

“के सुन्नु पर्यो ?” शोभाले खासखुस गरी

 

मान्छेको जातै असन्तोषी, कहिल्यै नपुग्ने, भो भन्न नजान्ने, लोभको भाँडो कहिल्यै भरिदैन भन्थे । बाँचुन्जेल तछाडमछाड, मर्यो भने  केही छैन ?” अनिताले दार्शनिक लवजमा जीवनको विश्लेषण गरी

 

शोभा, केही नजिक सर्दै भन्न थाली, “सुबोध त्यत्रो सम्पत्तिको मालिक थियो, के नपुग्दो थियो र झुन्डिएर मर्नुपर्ने ? बाहिरबाट हेर्दा सम्पन्न तर भित्री पीडा कसलाई के थाहा ?” उसले समयको गतिसङ्गै बहेको यथार्थता दर्शाई ।

 

अनिताले मान्छेको वर्गीकरण गर्दै दाँज्न पुगी, ” त्यहीँ त, सर्वहारा वर्गको मान्छे काम गरेर खाने बरू सुखी छन् । बिहान बेलुकी परिवारसँग मिठोनमिठो खाएर रमाएको देखिन्छ ।” उसले निधार खुम्च्याउँदै बोली

 

शोभाले परिवारप्रति सहानुभूति देखाउँदै भनी, “कमसेकम आफ्नो पीडा बाँडेको भए समाधान निस्कन्थे होला । मर्नु समस्याको विकल्प होर ।”

 

त्यतिकैमा उर्मिला आई र उनीहरू म्लान भएको देखेर भन्न थाली, “आजबाट नजिकै विद्यालयमा अष्टाङ्गयोग सम्बन्धी कार्यक्रम  रहेको छ ।” जीवनको पर्याय बुझ्न जानुपर्छ भन्दै लिएर गई

 

गुरूले सौम्य भावले भन्नुभयो, “शान्ति हामीभित्र छ, निराशाबाट टाढा रहन योग, ध्यानको सहाराले रोगलाई मात्र होइन मृत्युलाई पनि जित्न सकिन्छ ।” उहाँको प्रवचनले मनलाई शान्ति दिलायो

 

शोभाले सुबोधलाई सम्झदै, चिन्ताले चितासम्म पुर्याउँछ भन्थे हो रहेछ, उसलाई उचित परामर्शको खाँचो थियो,कसले बुझ्यो हँ ? ” ऊ विरक्तिई

 

भूमिका गैरे तिमिल्सिना

गैंडाकोट ४ नवलपुर

 

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited