Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

स्वास्थ्य बीमा दाबी पुनरावलोकन समितिमार्फत प्रक्रिया अघि बढाउन निर्देशन

5.4K
shares

 

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतका दाबीहरू पुनरावलोकन समितिमार्फत प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।

सोमबार बोर्डका वरिष्ठ मेसु डा. पवनकुमार साहले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई दाबी माग गर्दा अनिवार्य रूपमा रियल टाइम प्रणालीमार्फत विवरण प्रविष्ट गर्न निर्देशन दिएका हुन् ।

बोर्डले स्वास्थ्य बीमामा रियल टायम दाबी गर्ने सम्बन्धी कार्यविधि , २०८० अनुसार दाबी तथा मूल्याङ्कन प्रक्रियालाई थप सहज बनाई सेवा प्रदायक स्वास्थ्य संस्थाहरूका दाबीमा हुने अस्वीकृत दर घटाउने उद्देश्यले सेवा प्रदायक स्वास्थ्य संस्थाबाट दाबी प्रविष्ट गर्नु पूर्व स्वास्थ्य संस्थाकै प्रतिनिधि रहने गरी समिति गठन गरेको छ।

 

यो पनि पढ्नुहोस् छुटाउनु भयो की:

स्वास्थ्य बीमा कार्यक्रमलाई चरम आर्थिक अभाव, सुधारको खाका कोर्दै सरकार

 

civil hospital
Hams Hospitals