Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

प्रभु बैंकका म्यानेजर पक्राउ,४८ करोड कर्जा दुरुपयोगको आरोप

348
shares

 

काठमाडौँ । एसियन भिलेज रिसोर्टका नाममा प्रवाह गरिएको करिब ४८ करोड रुपैयाँ कर्जा दुरुपयोग भएको आरोपमा प्रभु बैंकका म्यानेजर नन्दराज जोशी पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले जोशीलाई प्रभु बैंककै कार्यालयबाट पक्राउ गरेको हो। सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराका अनुसार रिसोर्ट निर्माण तथा जग्गा खरिदका लागि स्वीकृत कर्जा प्रवाहमा गम्भीर कैफियत देखिएपछि जोशीलाई नियन्त्रणमा लिइएको हो।

जोशीलाई बिहीबार पक्राउ गरी अनुसन्धानका लागि चार दिनको म्याद थप गरिएको छ। उनीमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ। पक्राउका लागि उच्च अदालत पाटनबाट अनुमति लिइएको थियो।

सिआइबीको प्रारम्भिक अनुसन्धानअनुसार रिसोर्ट निर्माण र जग्गा खरिदका लागि लिइएको करिब ४८ करोड रुपैयाँ घोषित प्रयोजनमा खर्च नगरी सोही समूहअन्तर्गतका अन्य ऋणी कम्पनीको बक्यौता तिर्न प्रयोग गरिएको आशंका देखिएको छ।

यसअघि यही प्रकरणमा एसियन भिलेज रिसोर्टका अध्यक्ष शशिधर शर्मा पक्राउ परिसकेका छन्।

कर्जा स्वीकृति, प्रवाह, रकमको वास्तविक प्रयोग र यसमा संलग्न व्यक्तिहरूको भूमिकामाथि सिआइबीले थप अनुसन्धान अघि बढाएको छ। अनुसन्धानले बैंकिङ प्रणालीबाट प्रवाह भएको ठूलो रकम निर्धारित प्रयोजनबाट मोडिएको हो वा होइन भन्ने विषयसमेत थप स्पष्ट पार्नेछ।

सिआइबीले कर्जा प्रवाह, प्रयोग तथा सम्भावित संलग्नता सम्बन्धमा थप अनुसन्धान अघि बढाएको जनाएको छ। बैंकका केहि कर्मचारीहरु अझै पक्राउ पर्ने संकेत जोशीको पक्राउबाट त्रसित भएका छन्।

यो पनि पढ्नुहोस् छुटाउनु भयो की:

प्रभु बैंक डुब्ने खतरा बढ्यो : एनपीएल लुकाउँदा पनि १५ प्रतिशत नाघ्यो, वित्तीय सूचकहरु दयनीय

civil hospital
Hams Hospitals