भदौमा पनि घट्यो मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकले कति दिँदैछन्?
वि.सं.२०८३ साउन ३१ आइतवार
shares
काठमाडौं । देशमा सञ्चालित वाणिज्य बैंकहरूले भदौ महिनाका लागि मुद्दति निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता रहे पनि कर्जाको माग अपेक्षाकृत कमजोर हुँदा बैंकहरूले निक्षेपको ब्याजदरमा थप कटौती गरेका छन्।
भदौ महिनाका लागि वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दति निक्षेपतर्फको औसत अधिकतम ब्याजदर ४.१३६ प्रतिशतमा झरेको छ। साउन महिनामा यस्तो औसत दर ४.१६७५ प्रतिशत रहेको थियो। यसैगरी संस्थागत मुद्दति निक्षेपको औसत अधिकतम ब्याजदर पनि साउनको ३.११६ प्रतिशतबाट घटेर भदौमा ३.०८१ प्रतिशतमा सीमित भएको छ।
बैंकहरूले निक्षेपको ब्याजदर घटाउनुको प्रमुख कारण बैंकिङ प्रणालीमा पर्याप्त तरलता तथा कर्जाको मागमा आएको सुस्ततालाई मानिएको छ। तर सबै बैंकले भने ब्याजदर घटाएका छैनन्। अधिकांश बैंकले साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने केही बैंकले व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपको दर घटाएका छन्।
एनआईसी एशिया बैंक
एनआईसी एशिया बैंकले भदौ महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपको ब्याजदर स्थिर राखेको छ। बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ४ प्रतिशत र संस्थागत निक्षेपमा अधिकतम ३ प्रतिशत ब्याजदर कायम गरेको छ।
नेपाल बैंक लिमिटेड
नेपाल बैंकले भदौ महिनाका लागि व्यक्तिगत तथा संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएको छ। बैंकले व्यक्तिगत निक्षेपमा अधिकतम ४.१५ प्रतिशत र संस्थागत निक्षेपमा ३.५ प्रतिशत ब्याजदर तोकेको छ।
साउनमा व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ४.२५ प्रतिशत र संस्थागत निक्षेपको ४ प्रतिशत थियो।
प्रभु बैंक
प्रभु बैंकले भदौ महिनामा ब्याजदरमा कुनै परिवर्तन गरेको छैन। बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ४.५५ प्रतिशत र संस्थागत निक्षेपमा २.७५ प्रतिशत ब्याजदर कायम गरेको छ।
एभरेष्ट बैंक
एभरेष्ट बैंकले पनि साउनकै ब्याजदरलाई निरन्तरता दिएको छ। बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ४.०५ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर दिने भएको छ।
सिटिजन्स इन्टरनेशनल बैंक
सिटिजन्स इन्टरनेशनल बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागत निक्षेपको दर स्थिर राखेको छ।
भदौका लागि व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ३.८५ प्रतिशत र संस्थागत निक्षेपमा ३ प्रतिशत ब्याजदर तोकिएको छ। साउनमा व्यक्तिगततर्फ अधिकतम ३.९५ प्रतिशत ब्याजदर थियो।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले भदौ महिनाका लागि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन। बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ४ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर कायम गरेको छ।
सानिमा बैंक
सानिमा बैंकले पनि व्यक्तिगत तथा संस्थागत दुवै मुद्दति निक्षेपको ब्याजदर स्थिर राखेको छ। बैंकले व्यक्तिगततर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३.३ प्रतिशत ब्याजदर दिने भएको छ।
प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले भदौ महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ४ प्रतिशत र संस्थागत निक्षेपमा २.७५ प्रतिशत ब्याजदर कायम गरेको छ।
नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले ब्याजदरमा कुनै परिवर्तन गरेको छैन। बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ४.१ प्रतिशत र संस्थागत निक्षेपमा २.७५ प्रतिशत ब्याजदर तोकेको छ।
ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले व्यक्तिगत र संस्थागत दुवै मुद्दति निक्षेपको ब्याजदर स्थिर राखेको छ। बैंकले व्यक्तिगततर्फ अधिकतम ४ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर दिने भएको छ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले व्यक्तिगत तथा संस्थागत दुवै मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएको छ। भदौका लागि व्यक्तिगततर्फ अधिकतम ३.७६ प्रतिशत र संस्थागततर्फ ३.०५ प्रतिशत ब्याजदर तोकिएको छ।
साउनमा व्यक्तिगततर्फ ४.०५ प्रतिशत र संस्थागततर्फ ३.२५ प्रतिशत ब्याजदर थियो।
एनएमबी बैंक
एनएमबी बैंकले भदौ महिनाका लागि ब्याजदर स्थिर राखेको छ। बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ४.५ प्रतिशत र संस्थागत निक्षेपमा ३.५ प्रतिशत ब्याजदर कायम गरेको छ।
हिमालयन बैंक
हिमालयन बैंकले पनि साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ। बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ४ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर दिने भएको छ।
कृषि विकास बैंक
कृषि विकास बैंकले भदौ महिनामा ब्याजदर स्थिर राखेको छ। बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ४.१५ प्रतिशत र संस्थागत निक्षेपमा २.७८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले पनि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन। बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ४.५ प्रतिशत र संस्थागत निक्षेपमा ३ प्रतिशत ब्याजदर कायम गरेको छ।
कुमारी बैंक
कुमारी बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागत निक्षेपको ब्याजदर स्थिर राखेको छ।
भदौका लागि व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ३.७६ प्रतिशत र संस्थागततर्फ ३.०१ प्रतिशत ब्याजदर तोकिएको छ। साउनमा व्यक्तिगततर्फ ३.८५ प्रतिशत ब्याजदर थियो भने संस्थागततर्फ ३.०१ प्रतिशत नै कायम थियो।
स्ट्याण्डर्ड चार्टर्ड बैंक
स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागत निक्षेपको ब्याजदर स्थिर राखेको छ।
बैंकले भदौ महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ३.८ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। साउनमा व्यक्तिगततर्फ ३.८५ प्रतिशत ब्याजदर थियो।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भदौ महिनाका लागि व्यक्तिगत तथा संस्थागत मुद्दति निक्षेपको ब्याजदर स्थिर राखेको छ। बैंकले व्यक्तिगततर्फ अधिकतम ४.५ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर दिने भएको छ।
लक्ष्मी सनराइज बैंक
लक्ष्मी सनराइज बैंकले पनि साउनकै ब्याजदरलाई निरन्तरता दिएको छ। बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ४ प्रतिशत र संस्थागत निक्षेपमा ३.२५ प्रतिशत ब्याजदर कायम गरेको छ।
नबिल बैंक
नबिल बैंकले भदौ महिनाका लागि व्यक्तिगत तथा संस्थागत निक्षेपको ब्याजदर स्थिर राखेको छ। बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ४.५५ प्रतिशत र संस्थागत निक्षेपमा ३.०१ प्रतिशत ब्याजदर कायम गरेको छ।
भदौमा कुन बैंकको ब्याजदर बढी?
उपलब्ध दरअनुसार भदौ महिनामा व्यक्तिगत मुद्दति निक्षेपतर्फ प्रभु बैंक र नबिल बैंकले अधिकतम ४.५५ प्रतिशत ब्याजदर दिने भएका छन्। त्यसपछि सानिमा, एनएमबी, माछापुच्छ्रे र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४.५ प्रतिशत ब्याजदर दिने भएका छन्।यसैगरी व्यक्तिगत निक्षेपमा सबैभन्दा कम अधिकतम ब्याजदर सिद्धार्थ बैंक र कुमारी बैंकको ३.७६ प्रतिशत रहेको छ।
समग्रमा हेर्दा भदौ महिनामा अधिकांश वाणिज्य बैंकहरूले ब्याजदर स्थिर राखेका छन् भने केही बैंकले व्यक्तिगत मुद्दति निक्षेपको दर घटाएका छन्। बैंकिङ प्रणालीमा तरलता पर्याप्त रहेको अवस्थामा निक्षेपको लागत घटाउने र कर्जाको ब्याजदरलाई प्रतिस्पर्धी बनाउने रणनीतितर्फ बैंकहरू अघि बढेको देखिन्छ।
तर निक्षेपकर्ताका लागि भने घट्दो ब्याजदरले मुद्दति निक्षेपबाट प्राप्त हुने प्रतिफलमा असर पार्ने देखिन्छ। आगामी महिनामा कर्जाको माग, तरलताको अवस्था र बैंकहरूको निक्षेप संकलनको रणनीतिअनुसार ब्याजदरमा थप परिवर्तन हुन सक्ने सम्भावना रहेको छ।





























