सशस्त्र प्रहरीबाट खोसियो तस्करीको सामान, ६ राउन्ड हवाई फायर

87
shares
Nabil bank

नवलपरासी । अवैध रूपमा भारततर्फ लैजाँदै गरिएको खरबुजाको बीउ नियन्त्रणमा लिन खोज्दा पश्चिम नवलपरासीमा तस्कर समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको छ। करिब डेढ सय जनाको समूहले सात जना सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले ६ राउन्ड हवाई फायर गरेको छ।

पाल्हीनन्दन गाउँपालिका–५, गेरमा भएको घटनामा चार जना सशस्त्र प्रहरी घाइते भएका छन्।

सशस्त्र प्रहरीका अनुसार सीमा सुरक्षा गुल्म हरपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वमा खटिएको टोलीले नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको खरबुजाको बीउ नियन्त्रणमा लिन खोजेको थियो। सोही क्रममा ठूलो संख्यामा आएका तस्कर समूहले सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्दै आक्रमण गरेका थिए।

सात जनाको सुरक्षा टोलीमाथि करिब डेढ सय जनाको समूह जाइलागेपछि अवस्था तनावपूर्ण बनेको थियो। आक्रमणकारीले नियन्त्रणमा लिइसकेको सामानसमेत खोसेर लगेका थिए।

सुरुमा सशस्त्र प्रहरीले २० देखि २५ बोरा खरबुजाको बीउ नियन्त्रणमा लिएको थियो। तर, तस्कर समूहले आक्रमण गरी सामान खोसेर लगेपछि अहिले दुई बोरा मात्रै सुरक्षाकर्मीको नियन्त्रणमा रहेको छ।

आक्रमणबाट ड्युटीमा खटिएका चार जना सशस्त्र प्रहरी सामान्य घाइते भएका छन्। भीडलाई नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड हवाई फायर गरेको जनाएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x