Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

नाइमा एक्स्पोमा ग्राहकको आकर्षण,३२.९९ लाखमै प्रोटोन इ.मास ५

129
shares

काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा प्रोटोनका विद्युतीय एसयूभी इ.मास ५ र इ.मास ७ ले अवलोकनकर्ताको उल्लेख्य ध्यान आकर्षित गरेका छन्। एक्स्पोको हल ‘बी’स्थित स्टल एल–६ मा राखिएका यी दुई विद्युतीय एसयूभी अवलोकन गर्न तथा तिनका विशेषता, मूल्य, स्वामित्व र बुकिङ विकल्पबारे जानकारी लिन ग्राहकको उत्साहजनक उपस्थिति देखिएको कम्पनीले जनाएको छ।

हालै नेपाली बजारमा सार्वजनिक गरिएको प्रोटोन इ.मास ५ कम्प्याक्ट विद्युतीय एसयूभी हो। सहरी जीवनशैलीलाई लक्षित गरी डिजाइन गरिएको यस गाडीमा रियर–ह्विल–ड्राइभ प्लेटफर्म, स्मार्ट स्टोरेज, १४.६ इन्चको फुल एचडी डिस्प्ले, ३७५ लिटरको बुट स्पेस, भेहिकल–टु–लोड (भीटूएल) प्रविधि तथा जी–ट्र्याक्सन कन्ट्रोल सिस्टम उपलब्ध छन्।

इ.मास ५ ‘प्राइम’ र ‘प्रिमियम’ गरी दुई भेरियन्टमा उपलब्ध छ। कम्पनीका अनुसार यसको मूल्य क्रमशः ३२ लाख ९९ हजार रुपैयाँ र ३६ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।

त्यसैगरी, प्रोटोन इ.मास ७ ठूलो आकारको विद्युतीय एसयूभी हो। फराकिलो आन्तरिक स्पेस, उच्च प्रदर्शन र लामो दूरीको यात्रालाई लक्षित गरी तयार गरिएको यस गाडीको ‘प्राइम’ भेरियन्टमा १६० किलोवाटको इलेक्ट्रिक मोटर र ४९.५२ किलोवाट–आवर क्षमताको एलएफपी ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार यसले डब्ल्यूएलटीपी मापदण्डअनुसार करिब ३४५ किलोमिटर रेन्ज प्रदान गर्छ।

इ.मास ७ मा एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) तथा १५.४ इन्चको डिस्प्ले उपलब्ध छन्। यी प्रविधिले दैनिक सहरी आवागमनदेखि लामो दूरीको यात्रासम्मलाई सहज र सुरक्षित बनाउन सहयोग गर्ने कम्पनीको भनाइ छ।

इ.मास ७ पनि ‘प्राइम’ र ‘प्रिमियम’ गरी दुई भेरियन्टमा उपलब्ध छ। कम्पनीको वेबसाइटमा उल्लेख भएअनुसार यसको मूल्य क्रमशः ४९ लाख ९९ हजार रुपैयाँ र ५९ लाख ९९ हजार रुपैयाँ रहेको छ।

नेपालमा विद्युतीय सवारीसाधनप्रतिको आकर्षण निरन्तर बढिरहेका बेला प्रोटोनले फरक ग्राहक आवश्यकता र प्रयोगलाई लक्षित गर्दै यी दुई मोडललाई बजारमा अघि सारेको हो। इ.मास ५ लाई कम्प्याक्ट, प्रविधिमैत्री र व्यावहारिक सहरी एसयूभीका रूपमा प्रस्तुत गरिएको छ भने इ.मास ७ लाई पारिवारिक प्रयोग, बढी स्पेस र लामो दूरीको यात्राका लागि उपयुक्त ठूलो विद्युतीय एसयूभीका रूपमा अघि सारिएको छ।

नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले एक्स्पो अवधिभर ग्राहकलाई दुवै मोडल प्रत्यक्ष अवलोकन गर्ने तथा तिनका फिचर, मूल्य र बुकिङ विकल्पबारे जानकारी लिने अवसर दिएको थियो।

एक्स्पोमा प्रोटोनको स्टलमा आएका ग्राहक तथा अवलोकनकर्ताबाट प्राप्त प्रतिक्रियाले नेपालमा विद्युतीय एसयूभीप्रतिको रुचि बढ्दै गएको संकेत गरेको कम्पनीको भनाइ छ। कम्पनीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सहभागी भई प्रोटोनप्रति विश्वास व्यक्त गर्ने सबै ग्राहक तथा अवलोकनकर्तालाई धन्यवाद दिँदै आगामी दिनमा ग्राहक अनुभवलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

यसैबीच, नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सहभागी हुन छुटेका ग्राहकलाई नाडा अटो शो २०२६ मा प्रोटोनका विद्युतीय मोडल अनुभव गर्न कम्पनीले आग्रह गरेको छ। कम्पनीका अनुसार नाडा अटो शोको हल नम्बर ४, स्टल जी–१५ मा प्रोटोनका विद्युतीय मोडल प्रदर्शन गरिनेछन्। साथै, ग्राहकलाई लक्षित गर्दै त्यहाँ थप आकर्षक अफरसमेत सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

     यसको मूल्य क्रमशः

  • इ.मास ५ प्राइम: रु. ३२ लाख ९९ हजार
  • इ.मास ५ प्रिमियम: रु. ३६ लाख ९९ हजार
  • इ.मास ७ प्राइम: रु. ४९ लाख ९९ हजार
  • इ.मास ७ प्रिमियम: रु. ५९ लाख ९९ हजार
  • इ.मास ७ रेन्ज: करिब ३४५ किमी (WLTP)
  • इ.मास ५: कम्प्याक्ट सहरी विद्युतीय एसयूभी
  • इ.मास ७: ठूलो पारिवारिक तथा लामो दूरी लक्षित विद्युतीय एसयूभी
civil hospital
Hams Hospitals