लामिछानेको कब्जामा राष्ट्र बैंक,कसले डुबाउँदै छ प्रभु बैंक ?

666
shares

काठमाडौं । प्रभु बैंक लिमिटेडकी संचालक अम्बिका शर्मा लामिछानेले आफ्नो निजी कम्पनी ‘सरस्वती इभेन्ट्स प्रालि‘का नाममा करोडौं रुपैयाँ लिँदै आएको तथ्य भेटिएको छ।

 

लामिछानेले उक्त कम्पनीद्वारा संचालित नेपालखोज डटकम नामक अनलाइन पोर्टलको विज्ञापनका नाममा  बैंकबाट करोडौं रुपैयाँ लिएको तथ्य भेटिएको हो।

लामिछानेले बैंकको संचालक नरहँदा र हाल रहँदा समेत बैंकबाट उक्त कम्पनीका नाममा विभिन्न शिर्षकमा रकम लिने गरेको प्रमाण सार्वजनिक भएपछि नियामक निकाय नेपाल राष्ट्र बैंकमा उजुरी पनि परेको छ। तर, पहुँचमा आडमा उनीमाथि हालसम्म पनि कुनै किसिमको कारबाही भएको छैन।

 

अम्बिका लामिछानेले बैंकको संचालक जस्तो महत्वपूर्ण पदमा रहेर बैंकको साधन स्रोतको चरम दुरुपयोग गर्दै आएकी छन् । लामिछाने यसअघि पनि बैंकको संचालक समिति सदस्य थिइन्। नेपाल राष्ट्र बैंकले कारबाही गरेपछि उनले बैंक छोडिन्। उक्त समयमा पनि लामिछान्नेले बैंकबाट विज्ञापन तथा विजनेस प्रमोशनका नाममा रकम लिँदै आएको भेटिएको छ। लामिछानेले बैंकबाट मासिक पाँच लाख पैंसठी हजार रुपैयाँ सोहि कम्पनीका नाममा लिने गरेको तथ्य अर्थसंजाल डटकमले यसअघि पनि उजागर गरिसकेको छ।

 

बैंककी संचालक लामिछानेले कम्पनी खोलेदेखि बैंकबाट नियमित रुपमा अप्रत्यासित रकम लिने गरेको पाईएको छ। बैंक तथा प्रभु समूहका अन्य सार्वजनिक सँस्थाहरुबाट समेत उनले विज्ञापनका नाममा मोटो रकम लिँदै आएको तथ्य भेटिएको छ।

लामिछानेले 2020-09-11 मा बिजनेश प्रमोसनका नाममा १० लाख रुपैयाँ लिएकी छन्। त्यस्तै 2021-04-13 मा फेरि अर्को ५ लाख रुपैयाँ एडभान्स लिएकी छन्। त्यसको ३ दिन पछि लगतै अर्थात् 2021-04-16 मा फेरि बिल नम्बर ११२ बाट अर्को १ लाख पन्ध्र हजार रुपैयाँ लिएको देखिन्छ।

त्यसैगरी, उनले 2021-10-10 देखि 2022-07-20 सम्म लगातार १५२,०४४.५५ रुपैयाँ लिएकी छन्। त्यसपछि उनले २ वटा बिलमार्फत् 2022-11-24 मा १३,३८००० (अक्षरुपी तेह्र लाख ३८ हजार) रुपैयाँ लिएकी छन्।

 

त्यसपछि उनले 2023-01-25 मा फेरि दुईवटा बिलमार्फत् ८९२,००० (अक्षरुपी आठ लाख बयानब्बे हजार) रुपैयाँ निकालेकी छन्। त्यसको १० दिनपछि अर्थात् 2023-02-05 मा फेरि अर्को बिलबाट ४,४६००० (अक्षरुपी ४ लाख छयालीस हजार) रुपैयाँ लिएकी छन्।

त्यस्तै उनले 2023-04-21 मा फेरि अर्को ८९२,००० र 2023-07-12 मा पुन: २ पटकसम्म ८९२,००० (अक्षरुपी आठ लाख बयानब्बे हजार) रुपैयाँ निकालेकी छन्। भने 2023-10-17 मा पुन: अर्को  ८९२,००० (अक्षरुपी आठ लाख बयानब्बे हजार) बुझेकी छन्।

 

त्यसपछि 2024-0८-06 सम्म लगातार ४,४६००० (अक्षरुपी ४ लाख छयालीस हजार) रुपैयाँ लिँदै आएकी उनले 2024-09-25 मा एउटा बिल बाटै ११,१५००० (एघार लाख पन्ध्र हजार) रुपैयाँ निकालेकी छन्। त्यसपछि उनले नियमित रुपमा हरेक महिना मासिक ५ लाख ६५ हजार अर्थात् टिडीएस कट्टा पछि ५लाख  सन्ताउन्न हजार रुपैयाँ लिँदै आएकी छन्।

 

उनले सो रकम अघिल्लो कार्यकाल संचालक हुँदादेखि नै निरन्तर रुपमा लिंदै आएकी छन्। जबकी बैंकको संचालक समिति सदस्यले बैंकबाट बैठक भत्ता बाहेक कुनैपनि सेवा सुविधा लिन नपाईने कानूनी व्यवस्था छ।

 

नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिका नम्बर (६) मा भएको सँस्थागत सुशासन सम्बधि व्यवस्थाको (५) मा पदको दुरुपयोग गर्न नहुने व्यवस्थाअनुसार-‘ सञ्चालकले आफ्नो पद र नाम दुरुपयोग गरी कुनै पनि किसिमको व्यक्तिगत फाइदा हुने क्रियाकलापमा संलग्न हुन पाइने छैन । इजाजतपत्रप्राप्त संस्थाका सञ्चालक र निजका परिवारले समेत निज बहाल रहेको इजाजतपत्रप्राप्त संस्थासँग कारोबार गर्दा पारिवारिक सम्बन्धलाई जोड्न पाइने छैन । परिवारको विवरण खुलाई त्यस्ता परिवारले इजाजतपत्रप्राप्त संस्थाबाट कर्जा लिने भएमा सो सम्बन्धी छलफल र निर्णयमा भाग लिन पाइने छैन । साथै, सामानहरुको खरिद बिक्री गर्दा सेयर लगायत अन्य प्रत्याभूतिहरुको कारोवारमा प्राथमिकता पाउन वा दिनका लागि पदको उपयोग गर्न पाइने छैन । यसैगरी सुन, चाँदी, विदेशी विनिमय र विदेशी सुरक्षणपत्रहरुको सट्टापट्टा गर्दा पदीय प्रभाव पार्न पाइने छैन।’

 

यस सम्बन्धमा राष्ट्र बैंकका तत्कालीन प्रवक्ता तथा सुपरिवेक्षण विभागका प्रमुख रामु पौडेलले अविलम्ब छानबिन गरी आवश्यक कारबाही गर्ने बताएका थिए । ‘यदि बैंकभित्र यस्ता किसिमका अनियमितता र वित्तीय अपराध भएको भेटिएमा सम्बन्धित बैंक तथा व्यक्तिमाथि समेत कडाभन्दा कडा कारबाही हुने र अपराध गर्ने संचालक या व्यवस्थापक जो कोहि भएपनि त्यस्ता व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याईने र दोषी भेटिए संचालक समितिबाटै हटाईने उनले बताएको पनि १ बर्ष नाघिसक्दा समेत उनीविरुद्धको उजुरीमाथि अझैसम्म अनुसन्धान एवम कारबाही भएको छैन।

 

अम्बिका लामिछाने अघिल्लो पटक संचालक हुँदा पनि आर्थिक अनियमितता भेटिएपछि पटकपटक नेपाल राष्ट्र बैंकको कारबाहीमा परिसकेकी व्यक्ति हुन्।

 

तर, नयाँ गभर्नर विश्वनाथ पौडेल आएपछि राजनिति गर्ने दल एउटै ( नेपाली कांग्रेस) भएकाले लामिछानेलाई उनै पौडेलले संरक्षण गरिरहेका छन्।

 

गभर्नर विश्वनाथ पौडेलको ठाडो निर्देशनमा उनीविरुद्धको उजुरीमाथिको छानबिन अघि नबढेको राष्ट्र बैंककै कर्मचारीहरुको गुनासो छ। गभर्नर पौडेलले राजनीतिक कित्ता सुरक्षित गर्दै अम्बिका लामिछानेलाई उन्मुक्ति दिएको राष्ट्र बैंक वृत्तमा चर्चा पनि छ । गभर्नर पौडेल काँग्रेसी हुन्। उनी अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा चितवनबाट नेपाली कांग्रेसका उम्मेदवार थिए। उनी रास्वपाका हरी ढकालसँग पराजित भएका हुन् । त्यस्तै, अम्बिका लामिछाने पनि नेपाली कांग्रेसबाटै राजनिति गर्छिन्। राजनीतिक कित्ता एउटै भएका कारण लामिछानेलाई कारबाही नगर्न गभर्नरमाथि शिर्ष नेताकै दवाव आएको बुझिएको छ ।

 

यो पनि पढ्नुहोस् छुटाउनु भयो की:

प्रभु बैंकका व्यवस्थापकलाई ‘सजाय’, करोडौं असुल्ने सञ्चालकमाथिको उजुरी भने अलपत्र

civil hospital
Hams Hospitals