विद्यालय र आवासीय घरमा अन्धाधुन्ध गोली प्रहार, शिक्षक–विद्यार्थीसहित सर्वसाधारण मृत; घाइतेको अवस्था गम्भीर

1.4K
shares

काठमाडौं । क्यानडामा भएको भीषण सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको ज्यान गएको छ। सीएनएनले स्थानीय प्रहरीलाई उद्धृत गर्दै एकै व्यक्तिले विद्यालय र त्यसपछि नजिकैको आवासीय घरमा गोली चलाउँदा बालबालिकासहित धेरैको मृत्यु भएको जनाएको छ।

स्थानीय समयअनुसार बिहान सुरु भएको घटनामा आक्रमणकारीले पहिले एक विद्यालय परिसरमा अन्धाधुन्ध गोली चलाएकी थिइन्। त्यसपछि उनी नजिकैको एक घरमा पुगेर पुनः गोली प्रहार गरेको बताइएको छ। आक्रमणकारी एकजना महिला रहेको प्रहरीले जनाएको छ।

घटनामा शिक्षक, विद्यार्थी र सर्वसाधारण परेका छन्। केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतक संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ। घटनापछि विद्यालय क्षेत्र पूर्ण रूपमा सिल गरिएको थियो भने अभिभावक र स्थानीयवासीबीच त्रास फैलिएको छ।

प्रहरीले आक्रमणकारीलाई घटनास्थल नजिकै नियन्त्रणमा लिएको जनाएको छ। घटनाको कारण र पृष्ठभूमिबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

civil hospital
Hams Hospitals