पर्यटन विभागमा अवैध काम गर्नेको हालिमुहाली
वि.सं.२०८२ माघ २९ बिहीवार
shares
काठमाडौँ । पर्यटन विभागका एक शाखा अधिकृत सरोज अर्यालमाथि होटल तथा क्यासिनो व्यवसायीसँग सम्बन्धित कामकाजमा अनियमितता र दबाबमार्फत असुली गर्ने गरेको गम्भीर आरोप सार्वजनिक भएको छ । केही व्यवसायी र कर्मचारी स्रोतहरूले दिएको जानकारीका आधारमा अर्यालको भूमिकामाथि प्रश्न उठाइएको हो ।
उनी महिनैपिच्छे विदेश भ्रमणमा जाने, विभागको होटल शाखामा प्रभावशाली ढंगले काम गर्ने, तथा व्यवसायीहरूलाई कारबाहीको डर देखाएर रकम असुल्ने गरेको आरोप छ । एक होटल व्यवसायीले नाम नखुलाउने सर्तमा भने,‘दुई नम्बरी काम’ गर्न बाध्य बनाउने र कारबाहीको धम्की दिने गरिएको छ । ’ व्यवसायीकाअनुसार विभागमा अवैध रकम बुझाएपछि कानुनले बर्जित गरेको काम पनि गर्न पाइन्छ ।
यस्तै, व्यवसायीहरूबाट उठाइएको रकम ‘माथि’ सम्म बुझाउनुपर्ने भन्दै उनीहरुले दबाब दिने गरेका छन् । विभागका महानिर्देशक रामकृष्ण लामिछानेसँग अर्यालको निकट सम्बन्ध रहेको र त्यसैले उनलाई विशेष संरक्षण प्राप्त भएको आरोप समेत लगाइएको छ । उनीहरु नेपाली कांग्रेसआवद्ध कर्मचारी हुन् ।
अर्यालको राजनीतिक पृष्ठभूमि, कर्मचारी युनियनसँगको संलग्नता र विभागभित्रको प्रभावबारे पनि विभिन्न प्रश्न उठाइएका छन्। केही कर्मचारी स्रोतहरूका अनुसार विभागभित्रैबाटै यस्ता गतिविधिबारे असन्तुष्टि बढ्दो छ ।यी सबै आरोपबारे पर्यटन विभाग, महानिर्देशक लामिछाने तथा शाखा अधिकृत अर्याल सम्पर्क गर्न मानेनन् ।
यो पनि पढ्नुहोस् छुटाउनु भयो की:
शैक्षिक प्रमाणपत्रमा कैफियत भएकादेखि काँग्रेसका बफादारहरुकै पर्यटनमा बढ्यो रवाफ


























