नेपाल रिइन्स्योरेन्सको अध्यक्षमा अमृत लम्साल नियुक्त
वि.सं.२०८२ फागुन १ शुक्रवार
shares
काठमाडौं। सरकारलले नेपाल रिइन्स्योरेन्स (नेपाल पुनर्बीमा कम्पनी) को अध्यक्षको जिम्मेवारी अमृत लम्साललाई दिएको छ। हाल भन्सार विभागका उपमहानिर्देशक रहेका लम्साललाई अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीको अध्यक्षको जिम्मेवारी तोकिएको हो।
नेपाल बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेलले बिहीबार आयोजित एक कार्यक्रममार्फत लम्साललाई पद तथा गोपनीयताको शपथ गराएकी छन्। शपथ ग्रहणसँगै लम्सालले औपचारिक रूपमा कार्यभार सम्हालेका छन्।
यसअघि कम्पनीका सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र पौडेल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि अध्यक्ष पद रिक्त रहेको थियो। सोही कारण सरकारले अन्तरिम रूपमा लम्साललाई नेतृत्वको जिम्मेवारी सुम्पिएको हो।
नवनियुक्त अध्यक्ष लम्सालले कम्पनीको संस्थागत सुदृढीकरण, पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने अपेक्षा गरिएको छ।




























