अध्यक्ष नियुक्तिपछि बीमा प्राधिकरणको पहिलो कडा कदम
वि.सं.२०८२ फागुन ४ सोमवार
shares
काठमाडौं । नेपाल बीमा प्राधिकरण ले तोकिएको नियामकीय व्यवस्था उल्लङ्घन गर्ने छ वटा बीमा कम्पनीलाई कारबाही गरेको छ। प्राधिकरणले नियामकीय निर्देशन तथा संस्थागत सुशासन सम्बन्धी निर्देशिका पालना नगर्ने कम्पनीहरूलाई जरिवाना तिराउने निर्णय गरेको हो।
कारबाहीमा परेका कम्पनीहरूमा नेको इन्स्योरेन्स कम्पनी, ओरियन्टल इन्स्योरेन्स कम्पनी, एशियन लाइफ इन्स्योरेन्स, नेपाल रि इन्स्योरेन्स कम्पनी र हिमालयन रिलाइफ इन्स्योरेन्स लगायत रहेका छन्।
प्राधिकरणले केही समयदेखि कारबाहीका लागि फाइल तयार गरे पनि अध्यक्ष तथा सञ्चालक समितिमा बहुमत सदस्य नहुँदा निर्णय प्रक्रिया रोकिएको थियो। हाल नयाँ अध्यक्षमा नेपाल सरकारका सचिव चन्द्रकला पौडेल नियुक्त भएसँगै तथा सञ्चालकमा सह–सचिव सुमन दाहाल नियुक्त भएपछि सञ्चालक समितिमा बहुमत पुगेको र कारबाहीको निर्णय गरिएको प्राधिकरणले जनाएको छ।




























