कर्मचारी सुरक्षामा प्रश्न: सर्लाही घटनापछि संगठनको सरकारलाई दबाब

702
shares

काठमाडौं नेपाल निजामती कर्मचारी संगठन ले पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सब–इन्जिनियर प्रमोद कुमार यादवको गोली हानी हत्या भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संगठनद्वारा जारी प्रेस विज्ञप्तिमा मिति २०८२ फागुन ३ गते मंगलवा नगरपालिका–१० स्थित आफ्नै घरमा बसिरहेको अवस्थामा अज्ञात समूहले गोली प्रहार गर्दा यादवको मृत्यु भएको उल्लेख गरिएको छ। संगठनले घटनालाई निन्दनीय, आपराधिक र अमानवीय कार्य भन्दै दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

संगठनले मृतक कर्मचारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, कार्यक्षेत्रमै सेवा प्रवाह गरिरहेका राष्ट्रसेवक कर्मचारीमाथि हुने यस्ता घटनाले सेवा प्रवाहमा असर पार्ने र कर्मचारीको मनोबल घटाउने उल्लेख गर्दै सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायसँग माग गरिएको छ।

महासचिव रामचन्द्र अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा वार्ता, संवाद र सामूहिक सहकार्यबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै हिंसात्मक गतिविधि अस्वीकार्य भएको स्पष्ट पारिएको छ।

civil hospital
Hams Hospitals