साइबर सुरक्षामा सुदृढीकरण: कुमारी बैंक अन्तर्राष्ट्रिय मापदण्डमा प्रमाणित

6.8K
shares

काठमाडौं कुमारी बैंक लिमिटेड ले अन्तर्राष्ट्रिय मान्यता प्राप्त सूचना सुरक्षा व्यवस्थापन प्रणाली ISO/IEC 27001 प्रमाणपत्र प्राप्त गरेको छ।

बैंकका अनुसार उक्त प्रमाणपत्रले बैंकको सूचना सुरक्षा नीति, प्रक्रिया तथा नियन्त्रणहरू अन्तर्राष्ट्रिय मापदण्डअनुरूप रहेको पुष्टि गर्दछ। ISO/IEC 27001 मा ९३ वटा नियन्त्रणहरू समावेश हुन्छन्, जसलाई संगठनात्मक, मानव संसाधन, भौतिक तथा प्राविधिक सुरक्षा समूहमा वर्गीकरण गरिएको हुन्छ। यी नियन्त्रणहरूको कार्यान्वयन स्वतन्त्र बाह्य अडिटमार्फत मूल्याङ्कन गरी प्रमाणपत्र प्रदान गरिन्छ।

यस प्रमाणपत्रले बैंकले सूचना सुरक्षा जोखिमको पहिचान, मूल्याङ्कन तथा व्यवस्थापन प्रभावकारी रूपमा गरिरहेको सुनिश्चित गर्ने बैंकले जनाएको छ। साथै, ग्राहकका तथ्याङ्क सुरक्षित तथा गोप्य राख्ने, आवश्यक पर्दा उपलब्ध गराउने र अनधिकृत पहुँचबाट जोगाउने प्रणाली कार्यान्वयन गरिएको दाबी गरिएको छ।

डिजिटल बैंकिङ सेवाको तीव्र विस्तारसँगै साइबर सुरक्षा र डाटा गोपनीयता प्रमुख चासोको विषय बनेको अवस्थामा बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कार्ड सेवा तथा आन्तरिक प्रणालीहरूमा उच्चस्तरीय सुरक्षा मापदण्ड लागू गरेको जनाएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले ग्राहकको विश्वास नै बैंकिङ सेवाको आधार भएको उल्लेख गर्दै ISO/IEC 27001 प्रमाणपत्र प्राप्त गर्नु वित्तीय सूचनाको सुरक्षाप्रति बैंकको प्रतिबद्धताको प्रतिविम्ब भएको बताए। उनले सुरक्षित र विश्वसनीय बैंकिङ वातावरण प्रदान गर्न प्रविधि, जनशक्ति र प्रक्रियामा निरन्तर लगानी गरिने बताए।

बैंकले नियमित जोखिम मूल्याङ्कन, कर्मचारी सचेतना कार्यक्रम, सुरक्षा परीक्षण तथा निरन्तर निगरानी प्रणालीमार्फत सम्भावित साइबर जोखिमको रोकथाम र व्यवस्थापन गर्दै आएको जनाएको छ।

civil hospital
Hams Hospitals