बीच सडकमै वृद्धमाथि हातपात : कार चालक पारस बम पक्राउ

13.3K
shares
Nabil bank

 

काठमाडौं । सार्वजनिक स्थलमै एक वृद्धमाथि हातपात गर्ने कार चालकलाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जालमा भिडिओ भाइरल भएपछि ट्राफिक प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–३ बस्ने ४२ वर्षीय पारस बम रहेका छन्। उनले महाराजगन्जस्थित सडकमा हिँडिरहेका एक वृद्धमाथि कारबाट ओर्लेर झापड प्रहार गरेका थिए। घटना बा ३ च ११०३ नम्बरको कारसँग सम्बन्धित रहेको प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख नवराज अधिकारी का अनुसार बालुवाटार क्षेत्रबाट बमलाई नियन्त्रणमा लिइएको हो। उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ।

प्रारम्भिक अनुसन्धानमा बमले ती वृद्धलाई किन कुटपिट गरे भन्ने कारण खुल्न सकेको छैन। घटनाका बेला उनी आफ्नी बहिनीसँगै थिए र बहिनीले पनि वृद्धमाथि गालीगलौज गरेको बताइएको छ।

बीच सडकमा सर्वसाधारणमाथि भएको यो दुर्व्यवहारप्रति चौतर्फी आलोचना भइरहेको छ। प्रहरीले घटनाबारे विस्तृत छानबिन जारी रहेको जनाएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x