टी–२० विश्वकपमा नेपालको सानदार जित, स्कटल्यान्ड ७ विकेटले पराजित

15.9K
shares
Nabil bank

काठमाडौं । टी–२० विश्वकप अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल राष्ट्रिय क्रिकेट टोलीले प्रभावशाली प्रदर्शन गर्दै स्कटल्यान्ड राष्ट्रिय क्रिकेट टोलीलाई ७ विकेटले हराएको छ।

मुम्बईस्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा १७१ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले अविजित ५० रन बनाउँदै जितमा महत्वपूर्ण योगदान दिए। कुशल भुर्तेलले ४३, आसिफ शेखले ३३ रन जोडे। कप्तान रोहित पौडेलले १६ रन बनाउँदा गुलशन झा २४ रनमा नटआउट रहे।

यसअघि टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा १७० रन बनाएको थियो। माइकल जोन्सले ७१ रनको उत्कृष्ट इनिङ्स खेले। जर्ज मुन्सीले २७ तथा ब्रेन्डन म्याकमुलनले २५ रन जोडे।

बलिङतर्फ सोमपाल कामीले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए। नन्दन यादवले २ विकेट लिँदा रोहित पौडेल र कुशल भुर्तेलले समान १/१ विकेट लिए।

नेपालले प्रतियोगिताको अन्तिम खेल जित्दै सकारात्मक सन्देशसहित विश्वकप यात्रा टुंग्याएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x