वैशाख १४ देखि कक्षा १२ को परीक्षा, बिहान ८ बजेदेखि सञ्चालन हुने(परीक्षा तालिकासहित)

831
shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड ले यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा वैशाख १४ गतेदेखि सञ्चालन हुने गरी तालिका सार्वजनिक गरेको छ। साधारण, परम्परागत तथा प्राविधिक विषय समूहअन्तर्गत नयाँ तथा पुरानो पाठ्यक्रमका साथै ग्रेड वृद्धितर्फका परीक्षाहरू सोही तालिका अनुसार सञ्चालन हुने बोर्डले जनाएको छ।

परीक्षा हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको नयाँ र पुरानो पाठ्यक्रम तथा ग्रेड वृद्धिको परीक्षा हुनेछ। त्यस्तै, नयाँ पाठ्यक्रमतर्फ संस्कृत रचना, बौद्ध शिक्षा र उर्दू व्याकरण तथा पुरानो पाठ्यक्रमतर्फ अनिवार्य वैकल्पिक संस्कृत रचनाको परीक्षा पनि सोही दिन तय गरिएको छ।

तालिका अनुसार परीक्षा वैशाख २७ गते सम्पन्न हुनेछ। बोर्डले तोकिएको मितिमा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः परीक्षा व्यवस्था नगरिने स्पष्ट पारेको छ। साथै, तालिकाभित्र कुनै आकस्मिक बिदा परे पनि परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचना बिना परीक्षा स्थगित नहुने जनाएको छ।

यस वर्ष कक्षा १२ को नियमिततर्फ करिब तीन लाख ६० हजार विद्यार्थी सहभागी हुने अनुमान गरिएको छ। गत वर्ष भने नियमिततर्फ तीन लाख ९६ हजार ३४७ र आंशिकतर्फ एक लाख १४ हजार ६४० विद्यार्थी परीक्षामा सहभागी भएका थिए। गत वर्षको परीक्षा वैशाख २१ गतेदेखि सुरु भई जेठ २ गते सम्पन्न भएको थियो।

civil hospital
Hams Hospitals