Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

888
shares

 

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

 

समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) २० रुपैयाँ, गोलभेँडा सानो (टनेल) २० रुपैयाँ र गोलभेँडा सानो (तराई) ३५ रुपैयाँ तोकिएको छ । आलु रातो प्रतिकिलो २२ रुपैयाँ, आलु रातो (भारतीय) २३ रुपैयाँ र प्याज सुकेको (भारतीय) ३६ रुपैयाँ कायम गरिएको छ ।

 

यस्तै, गाजर (लोकल) प्रतिकिलो ४० रुपैयाँ, गाजर (तराई) २५ रुपैयाँ, बन्दा (लोकल) ३० रुपैयाँ, बन्दा (नरिवल) २० रुपैयाँ, काउली (स्थानीय) २० रुपैयाँ, काउली (तराई) २५ रुपैयाँ, रातो मूला २५ रुपैयाँ, सेतो मूला (लोकल) १० रुपैयाँ, सेतो मूला (हाइब्रिड) १५ रुपैयाँ, भन्टा लाम्चो ६० रुपैयाँ र भन्टा डल्लो ६० रुपैयाँ निर्धारण गरिएको छ ।

 

त्यसैगरी, मटरकोसा प्रतिकिलो ४० रुपैयाँ, घिउ सिमी (लोकल) ६० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) ५० रुपैयाँ, घिउ सिमी (राजमा) ८० रुपैयाँ, टाटे सिमी ५० रुपैयाँ, तितो करेला १६० रुपैयाँ, लौका ६० रुपैयाँ, फर्सी पाकेको ४५ रुपैयाँ, हरियो फर्सी (लाम्चो) १५ रुपैयाँ, हरियो फर्सी (डल्लो) १५ रुपैयाँ, सलगम ४० रुपैयाँ, भिन्डी १२० रुपैयाँ, सखरखण्ड ६० रुपैयाँ र पिँडालु ५५ रुपैयाँ तोकिएको छ ।

 

समितिले रायोसाग प्रतिकिलो १५ रुपैयाँ, पालुङ्गो साग २० रुपैयाँ, चमसुर २० रुपैयाँ, मेथीको साग ३० रुपैयाँ र हरियो प्याज ३० रुपैयाँ निर्धारण गरेको छ ।

 

यस्तै, बकूला प्रतिकिलो ३५ रुपैयाँ, तरुल ६० रुपैयाँ, च्याउ (कन्य) ११० रुपैयाँ, च्याउ (डल्ले) ३५० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ, ब्रोकाउली २० रुपैयाँ, चुकुन्दर ६० रुपैयाँ, जिरीको साग ५० रुपैयाँ, सेलरी १५० रुपैयाँ, पार्सले ३५० रुपैयाँ, सौफको साग ३० रुपैयाँ, पुदिना ३०० रुपैयाँ र गुन्द्रुक २८० रुपैयाँ तोकिएको छ ।

 

यस्तै, समितिले स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) २५० रुपैयाँ, केरा (दर्जन) १७० रुपैयाँ, अनार ३०० रुपैयाँ, अंगुर (हरियो) २४० रुपैयाँ, अंगुर (कालो) ३५० रुपैयाँ, सुन्तला (नेपाली) १५० रुपैयाँ, तरबुजा (हरियो) ८० रुपैयाँ, मौसम १०० रुपैयाँ, जुनार १०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १३५ रुपैयाँ, काँक्रो (लोकल) १०० रुपैयाँ, काँक्रो (हाइब्रिड) ६० रुपैयाँ, निबुवा ५५ रुपैयाँ, मेवा (नेपाली) ५० रुपैयाँ, स्ट्रबेरी (भुइँऐसुलु) ४०० रुपैयाँ, आभोकाडो २५० रुपैयाँ र अमला ९० रुपैयाँ निर्धारण गरिएको छ ।

civil hospital
Hams Hospitals