त्रिभुवन विमानस्थलबाट सात अन्तर्राष्ट्रिय गन्तव्य प्रभावित

1.2K
shares

काठमाडौं । हवाई उडानमा प्रतिबन्ध लगाइएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बाट विभिन्न सातवटा अन्तर्राष्ट्रिय गन्तव्यमा हुँदै आएका उडानहरू रद्द गरिएका छन्।

विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौला का अनुसार सारजहा, दोहा, दुबई, कुबेत सिटी, अबुधाबी, कतार र दमाम विमानस्थलमा उडान प्रतिबन्ध लगाइएकाले आज दिउँसो र रातिका सबै उडान स्थगित गरिएको हो।

प्रभावित प्रमुख गन्तव्यहरूमा:सारजहा,दोहा,दुबई,कुवेत सिटी,अबुधाबी,दमाम पर्छन्।

महाप्रबन्धक सिटौलाले उडान कहिलेदेखि पुनः सञ्चालन हुने भन्नेबारे सम्बन्धित देश तथा वायुसेवा कम्पनीबाट औपचारिक जानकारी आएपछि मात्र निर्णय हुने बताए। “उडानहरू कहिले खुल्छन् भन्नेबारे अर्को निर्णय भएपछि जानकारी गराइनेछ,” उनले भने।

यसैबीच, विमानस्थल कार्यालयले यात्रुलाई आफ्नो निर्धारित उडानका लागि विमानस्थल आउनुअघि सम्बन्धित वायुसेवा कम्पनीसँग सम्पर्क गरेर मात्र आउन आग्रह गरेको छ। अचानक रद्द भएका उडानका कारण सयौँ यात्रु प्रभावित हुने अनुमान गरिएको छ।

हाल मध्यपूर्व क्षेत्रमा देखिएको सुरक्षा संवेदनशीलता र हवाई मार्गमा लगाइएको प्रतिबन्धका कारण उडान तालिकामा अनिश्चितता बढेको छ। अधिकारीहरूले यात्रुहरूलाई संयम अपनाउन तथा आधिकारिक सूचनामा मात्र विश्वास गर्न अनुरोध गरेका छन्।

civil hospital
Hams Hospitals