जेन जेड आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइँदै

1.1K
shares

 

काठमाडौं ।जेन जेड आन्दोलनको सन्दर्भमा गठन गरिएको जाँचबुझ आयोगको टोली प्रतिवेदन बुझाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेको छ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्की सहित सदस्य विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वर भण्डारी सम्मिलित प्रतिनिधिमण्डलले प्रधानमन्त्री सुशीला कार्की समक्ष प्रतिवेदन बुझाउने तयारीसहित आइतबार प्रधानमन्त्री कार्यालय पुगेको हो।

आयोगसँग सम्बद्ध कर्मचारीहरूले प्रतिवेदनसहितका आवश्यक कागजातहरू लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रवेश गरिसकेको जनाइएको छ। आयोगले केही समयभित्रै प्रतिवेदन औपचारिक रूपमा प्रधानमन्त्रीलाई बुझाउने तयारी गरेको बताइएको छ।

जेन जेड आन्दोलनसँग सम्बन्धित घटनाक्रम, त्यस क्रममा भएका गतिविधि तथा त्यसका प्रभावबारे अध्ययन गर्न सरकारद्वारा उक्त जाँचबुझ आयोग गठन गरिएको थियो। आयोगले विभिन्न पक्षसँग छलफल, प्रमाण सङ्कलन तथा घटनाको अध्ययनपछि प्रतिवेदन तयार पारेको हो।

प्रतिवेदन औपचारिक रूपमा बुझाइसकेपछि आयोगले पत्रकार सम्मेलनमार्फत प्रतिवेदनका मुख्य निष्कर्ष तथा सिफारिसहरू सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

civil hospital
Hams Hospitals