चट्याङ लागेको घटनाबारे छानबिन गर्न निगमले गर्यो छानबिन समिति गठन

663
shares

 

काठमाडौं । नेपाल वायुसेवा निगमले चट्याङ लागेर न्यारोबडी जहाजको शार्कलेटमा क्षति पुगेको घटनाबारे छानबिन गर्न आन्तरिक समिति गठन गरेको छ।

निगमका नायब प्रबन्ध निर्देशक डोलेश्वर कोइरालाकोको अध्यक्षतामा बनेको समितिले घटनाको क्रम, प्राविधिक अवस्था र उडान सुरक्षासम्बन्धी पक्ष अध्ययन गरी प्रतिवेदन बुझाउने जनाइएको छ।

स्रोतका अनुसार हङकङमै ग्राउन्डेड गर्नुपर्ने जहाज यात्रुसहित काठमाडौं फर्काइएको विषयलाई सुरक्षाका दृष्टिले गम्भीर रूपमा हेरिएको छ। यसैबीच, फागुन २६ गते हङकङ उडानमा संलग्न ककपिट क्रुलाई तत्कालका लागि उडानबाट रोक लगाइएको छ र घटनाबारे विस्तृत लिखित प्रतिवेदन माग गरिएको छ।

उक्त घटनामा चट्याङ लागेर नेपाल एयरलाइन्सको न्यारोबडी जहाज नाइन–एन–एकेएक्स को एउटा शार्कलेटमा क्षति पुगेको थियो। फागुन १२ गते काठमाडौंबाट हङकङ उडेको जहाज उडान भरेको केही समयपछि बनेपामाथि आकाशमा पुगेका बेला चट्याङ परेको थियो। जहाजले करिब चार घण्टाको उडानपछि हङकङमा सुरक्षित अवतरण गरेको थियो।

मर्मतका लागि जहाजलाई मलेसिया पठाउने तयारी गरिए पनि ब्ष्चदगक बाट आवश्यक स्वीकृति नआएकाले उडान हाललाई स्थगित गरिएको निगम स्रोतले जनाएको छ। एयरबसबाट औपचारिक निर्देशन आएपछि यात्रु नबोकी विशेष उडानमार्फत जहाज मलेसिया लगिने बताइएको छ।

civil hospital
Hams Hospitals