राजस्व अनुसन्धानका तत्कालीन महानिर्देशकको ७० लाख रुपैयाँ घुस लिएको खुलासा 

2.4K
shares

काठमाडौं ।राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीले ७० लाख रुपैयाँ घुस लिएको खुलासा भएको छ । उनीसहित ३ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार साथै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ ।

 

 

विशेष अदालतमा दायर मुद्दामा अधिकारीले एचके इन्टरप्राइजेजका सञ्चालक श्रीकृष्ण श्रेष्ठ विज्युसँग राजस्व चुहावटसम्बन्धी अनुसन्धानमा सहजीकरण गरिदिने बहानामा ७० लाख रूपैयाँ घुस लिएको पुष्टि भएको अभियोगपत्रमा उल्लेख गरिएको छ ।

 

अधिकारीले उक्त ७० लाख सिधै नलिई विभिन्न व्यक्तिको नाममा खातामा जम्मा गरेको साथै अख्तियारले जनाएको छ । ५० लाख विकास कुमार चापागाईँमार्फत रवीन्द्र लामिछानेको खातामा पुर्‍याइ भक्तपुरको मध्यपुर थिमीमा जग्गा खरिद गरिएको थियो । बाँकी २० लाख देवेन्द्र केसीको बैंक खातामा दाखिला गरी पोखरास्थित द कुटी रिसोर्टको बैंक ऋण र ओभरड्राफ्ट तिर्न प्रयोग गरिएको अभियोग पत्रमा उल्लेख छ ।

 

 

अख्तियारले पूर्वमहानिर्देशक अधिकारीलाई मुख्य अभियुक्त साथै केसी र लामिछानेलाई मतियारको रूपमा प्रतिवादी बनाएको छ । झलकराममाथि ७० लाख बिगो दाबीसहित गैरकानुनी रूपमा आर्जित सम्पत्ति तथा जग्गा जफतको माग गरिएको छ ।

civil hospital
Hams Hospitals