चलचित्रको नाममा बजेट लुट: गाउँपालिकाका अध्यक्षसहित ४ विरुद्ध भ्रष्टाचार मुद्दा
वि.सं.२०८२ चैत ५ बिहीवार
shares
काठमाडौं । अछामको ढकारी गाउँपालिकामा चलचित्र निर्माणको बहानामा सार्वजनिक बजेट दुरुपयोग गरिएको गम्भीर प्रकरण बाहिर आएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले गाउँपालिका अध्यक्षसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार गाउँपालिकाले नियम मिच्दै ‘अन्धपथ’ नामक चलचित्र निर्माणका लागि अभिनेता राजेश हमाल को निर्देशनमा बन्ने भन्दै १५ लाख रुपैयाँको सम्झौता गरिएको थियो। तर कानुनी प्रक्रिया र मापदण्डलाई लत्याउँदै पौने १३ लाख रुपैयाँसम्म भुक्तानी दिइएको खुलेको छ।
मुद्दामा गाउँपालिका अध्यक्ष प्रकाशबहादुर साउद, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण शाह र लेखापाल विमल साउद प्रतिवादी बनाइएका छन्। साथै, चलचित्र निर्माणको जिम्मा पाएको आरजे ट्वान्टी फोर न्यूज एवं नव इन्द्रेणी फाउण्डेशन काठमाडौंका अध्यक्ष रामजी लम्साल (रामबहादुर लम्साल) लाई पनि भ्रष्टाचारमा मुछिएको छ।
अभियोगपत्रअनुसार, २० प्रतिशतसम्म मात्र पेस्की दिन मिल्ने कानुनी प्रावधानलाई उल्लंघन गर्दै ५८ प्रतिशतसम्म अग्रिम रकम वितरण गरिएको थियो। त्यसमाथि, घरभाडा र अन्य खर्चका नाममा नक्कली तथा झुट्टा बिल पेश गरी सरकारी रकम हिनामिना गरिएको आरोप छ।
यति मात्र होइन, हिउँदे अधिवेशनबाट कार्यक्रम संशोधन र रकमान्तरसमेत ‘सेटिङ’का आधारमा गरिएको भन्दै अख्तियारले यो प्रकरणलाई सुनियोजित भ्रष्टाचारको जालोका रूपमा चित्रण गरेको छ।
अख्तियारले चारै जना प्रतिवादीबाट जनही १२ लाख ७७ हजार २५० रुपैयाँ बिगो असुल गर्न मागदाबी गरेको छ। अब विशेष अदालतको निर्णयले यो प्रकरणमा संलग्नको वास्तविकता र सजायको टुंगो





























