सपथअघि नै सरकारी गाडी, सांसद आचारणमाथि उठेका गम्भीर प्रश्न

4.6K
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्याङ्जा–२ बाट नव निर्वाचित सांसद झविलाल डुम्रे सरकारी गाडी प्रयोग गरेर पार्टीको तालिममा सहभागी भएको विषय सार्वजनिक भएपछि राजनीतिक र प्रशासनिक वृत्तमा गम्भीर प्रश्नहरू उठ्न थालेका छन्।

००२झ ७६४१ नम्बरको स्करपियो गाडी प्रयोग गरेर डुम्रे रास्वपाको क्लोज क्याम्प कार्यक्रममा पुगेका थिए। तर, सांसदको रूपमा औपचारिक रूपमा सपथ नै नखाईसकेको अवस्थामा उनले सरकारी सवारी सुविधा कसरी प्रयोग गरे भन्ने प्रश्नले अहिले चर्चा तातेको छ।

 

नेपालमा सांसदहरूले सरकारी गाडी प्रयोग गर्ने सुबिधा छैन । तर, सपथ अघि सरकारी स्रोत–साधन प्रयोग गर्नु कानुनी रूपमा मात्र होइन, नैतिक रूपमा पनि प्रश्नको घेरामा पर्ने विषय हो। यस्तो अवस्थामा डुम्रेले प्रयोग गरेको उक्त गाडी कुन कार्यालयको हो, कसले उपलब्ध गरायो र कुन आधारमा प्रयोग गरियो भन्ने विषयमा स्पष्टता आवश्यक देखिन्छ।

सरकारी नम्बर प्लेट भएको गाडी कुनै न कुनै सरकारी निकायको स्वामित्वमा हुन्छ। त्यसैले उक्त गाडी कुन कार्यालयको हो ? कसको निर्देशनमा सांसदलाई उपलब्ध गराइयो ? सम्बन्धित निकायले यसबारे के स्पष्टीकरण दिन्छ ?

यी प्रश्नहरूको जवाफ खोजिनु जरुरी छ ।
रास्वपाले आफूलाई नयाँ र वैकल्पिक शक्तिको रूपमा प्रस्तुत गर्दै आएको छ। पारदर्शिता, सुशासन र अनुशासनलाई मुख्य एजेन्डा बनाएको पार्टीकै सांसदबाट यस्तो आरोप आउँदा पार्टीको आन्तरिक अनुशासन र मूल्य मान्यतामाथि पनि प्रश्न उठेको छ ।

नयाँ अनुहार र फरक शैलीको राजनीतिप्रति आकर्षित भएर मत दिएका मतदाताहरू अहिले निराश बन्न सक्ने संकेत देखिएको छ। पुरानै शैली दोहोरिने हो भने परिवर्तनको अर्थ के ? भन्ने प्रश्न सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म उठ्न थालेको छ।

civil hospital
Hams Hospitals