सन्तोष प्रसाईं इन्स्योरेन्स विधा अवार्डबाट सम्मानित

501
shares

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं ‘कोशी एक्सिलेन्स अवार्ड २०८२’ अन्तर्गत इन्स्योरेन्स विधाबाट सम्मानित भएका छन्।

बीमा क्षेत्रको विकास, विस्तार र संस्थागत सुदृढीकरणमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै उनलाई उक्त अवार्ड प्रदान गरिएको हो। तत्कालीन बीमा समिति (हाल नेपाल बीमा प्राधिकरण) मा गरेको कार्यदेखि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नेतृत्वसम्म आइपुग्दा उनले खेलेको भूमिका बीमा क्षेत्रका लागि महत्वपूर्ण मानिएको छ।

उनकै नेतृत्वमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले नेपाली बीमा बजारमा सशक्त उपस्थिति कायम गर्न सफल भएको बताइएको छ। कम्पनीको व्यवसाय विस्तार, सेवामा नवीनता र ग्राहक विश्वास अभिवृद्धिमा प्रसाईंको योगदान उल्लेखनीय रहेको आयोजकले जनाएको छ।

शनिबार आयोजित कार्यक्रममा हिक्मत कार्कीले ‘दोस्रो कोशी एक्सिलेन्स अवार्ड २०८२’ अन्तर्गत उनलाई इन्स्योरेन्स विधाबाट सम्मानित गरेका हुन्।

कोशी प्रदेशमा जन्मिएर देश तथा विदेशमा विभिन्न पेशा–व्यवसायमा उत्कृष्टता हासिल गर्ने व्यक्तित्वहरुलाई सम्मान गर्ने उद्देश्यले ‘कोशी एक्सिलेन्स अवार्ड’ प्रदान गरिँदै आएको छ। यस अवार्डमार्फत प्रदेशको पहिचान र गौरवलाई उचाइमा पुर्‍याउने व्यक्तिहरुको योगदानलाई राष्ट्रिय स्तरमा उजागर गर्ने प्रयास गरिएको आयोजकले जनाएको छ।

civil hospital
Hams Hospitals