यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

4.2K
shares
Nabil bank

 

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) ३५ रुपैयाँ र गोलभेँडा सानो (तराई) ४० रुपैयाँ तोकिएको छ । आलु रातो प्रतिकिलो १५ रुपैयाँ, आलु रातो (भारतीय) २० रुपैयाँ र प्याज सुकेको (भारतीय) ३४ रुपैयाँ कायम गरिएको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो ३० रुपैयाँ, गाजर (तराई) २० रुपैयाँ, बन्दा (लोकल) २० रुपैयाँ, बन्दा (नरिवल) २० रुपैयाँ, काउली (स्थानीय) ६० रुपैयाँ, काउली (तराई) ५५ रुपैयाँ, रातो मूला १५ रुपैयाँ, सेतो मूला (लोकल) १५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) २० रुपैयाँ, भन्टा लाम्चो ४५ रुपैयाँ र भन्टा डल्लो ६५ रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो ४५ रुपैयाँ, घिउ सिमी (लोकल) १०० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) ८० रुपैयाँ, घिउ सिमी (राजमा) ९० रुपैयाँ, टाटे सिमी ६० रुपैयाँ, तितो करेला १४० रुपैयाँ, लौका ८० रुपैयाँ, फर्सी पाकेको ५५ रुपैयाँ, हरियो फर्सी (लाम्चो) ८० रुपैयाँ, हरियो फर्सी (डल्लो) ५० रुपैयाँ, सलगम ४० रुपैयाँ, भिन्डी १४० रुपैयाँ, सखरखण्ड ६० रुपैयाँ र पिँडालु ४५ रुपैयाँ तोकिएको छ ।

समितिले रायोसाग प्रतिकिलो ६० रुपैयाँ, पालुङ्गो साग १०० रुपैयाँ, चमसुर १०० रुपैयाँ, मेथीको साग १०० रुपैयाँ र हरियो प्याज ५० रुपैयाँ निर्धारण गरेको छ ।

यस्तै, बकूला प्रतिकिलो ४५ रुपैयाँ, तरुल ६० रुपैयाँ, च्याउ (कन्य) १५० रुपैयाँ, च्याउ (डल्ले) २८० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ, ब्रोकाउली ८० रुपैयाँ, चुकुन्दर ५० रुपैयाँ, जिरीको साग ५० रुपैयाँ, सेलरी १०० रुपैयाँ, पार्सले १५० रुपैयाँ, सौफको साग १०० रुपैयाँ, पुदिना १०० रुपैयाँ र गुन्द्रुक ३०० रुपैयाँ तोकिएको छ ।

यस्तै, समितिले स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) २५० रुपैयाँ, अनार ३०० रुपैयाँ, अंगुर (हरियो) २०० रुपैयाँ, अंगुर (कालो) ३३० रुपैयाँ, सुन्तला (भारतीय) १३० रुपैयाँ, तरबुजा (हरियो) ४० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १५० रुपैयाँ, काँक्रो (लोकल) ४५ रुपैयाँ, काँक्रो (हाइब्रिड) २५ रुपैयाँ, निबुवा ७० रुपैयाँ, मेवा (नेपाली) ५० रुपैयाँ, स्ट्रबेरी (भुइँऐसुलु) २५० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ र अमला १८० रुपैयाँ निर्धारण गरिएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x