कर्मचारीमा समूह वा अभियानमा रास्वपालाई नजोड्न चेतावनी 

1.9K
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निजामती सेवाभित्र आफ्नो नाम जोडेर विभिन्न समूह वा अभियान सञ्चालन भइरहेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी ले विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिमा पार्टीको कुनै संलग्नता, समर्थन वा आबद्धता नरहेको स्पष्ट पारेका छन्। पार्टीले कसैले आफ्नो नाम र नेतृत्वको प्रयोग गरेर स्वार्थ साध्न खोजेको भए त्यसबाट भ्रमित नहुन कर्मचारी तथा सरोकारवालालाई आग्रह गरेको छ।

रास्वपाले निजामती प्रशासनलाई राजनीतिक हस्तक्षेपमुक्त, व्यावसायिक र जनउत्तरदायी बनाउनुपर्ने आफ्नो मूल धारणा दोहोर्‍याउँदै कुनै पनि समूह, अभियान वा युनियन शैलीका संयन्त्रसँग पार्टीको सम्बन्ध नरहेको उल्लेख गरेको छ।

विज्ञप्तिमा कर्मचारीहरूलाई कुनै पनि दलको ओत नलिन, शक्ति केन्द्रको नाममा प्रशासनिक संयन्त्रलाई प्रभाव पार्न नखोज्न र पूर्ण रूपमा तटस्थ, निष्पक्ष तथा जिम्मेवार भई जनताको सेवामा समर्पित हुन आग्रह गरिएको छ।

साथै, प्रशासनलाई डर, त्रास वा दलीय आडमा चलाउने पुरानो प्रवृत्तिको अन्त्य गर्दै मेरिटोक्रेसीको आधारमा अघि बढ्नुपर्नेमा पार्टीले पुनः जोड दिएको छ।

civil hospital
Hams Hospitals