पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ
वि.सं.२०८२ चैत १४ शनिवार
870
shares
shares
काठमाठौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले शनिबार निवासबाट पक्राउ गरेको छ । ओलीलाई भक्तपुरस्थित गुण्डु निवासबाट पक्राउ गरेको छ । पूर्वगृहमन्त्री लेखकलाई शनिबार बिहान भक्तपुरको कटुन्जेस्थित निवासबाट नियन्त्रणमा लिइएको सुरक्षा स्रोतले जनाएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई निवासबाटै पक्राउ गरेको हो ।
ओली नेतृत्वमा सरकार रहेका बेला भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ७६ जनाको ज्यान जानेगरी भएको आन्दोलनको मुख्य दोषी ओली र लेखकलाईलाई ठहर गरेको छ ।




























