गौरीबहादुर कार्की माथि सुरक्षा जोखिम बढेपछि उनलाई सैनिक ब्यारेकमा लाने तयारी
वि.सं.२०८२ चैत १५ आइतवार
shares
काठमाडौं।भदौ २३–२४ का घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की माथि सुरक्षा जोखिम बढेपछि उनलाई सैनिक ब्यारेकमा राख्ने तयारी गरिएको छ। भक्तपुरको गुण्डुस्थित निवास वरिपरि कडा सुरक्षा घेरा बनाइएको छ भने ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
आयोगको प्रतिवेदनकै आधारमा प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई पक्राउ गरेपछि राजनीतिक माहोल तातेको छ। घटनापछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) आक्रोशित बनेको छ र देशव्यापी विरोध कार्यक्रम घोषणा गरेको छ।
यसअघि सुधन गुरुङ ले सुरक्षा निकायका प्रमुखहरूलाई सिंहदरबार बोलाएर आपतकालीन छलफल गरेका थिए।
पक्राउ र त्यसपछिको विरोधले देशभर राजनीतिक अस्थिरता चुलिएको छ भने सुरक्षा निकाय उच्च सतर्कतामा राखिएका छन्। सरकारले परिस्थितिलाई नियन्त्रणमा लिन कडा कदम चाल्ने संकेत दिएको छ।




























