नारायणहिटी दरबार सङ्ग्रहालयको आम्दानी छैन पारदर्शी 

1.4K
shares

 

काठमाडौँ। नारायणहिटी दरबार सङ्ग्रहालय र गणतन्त्र पार्कको व्यवस्थापन, आम्दानी र खर्चको पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ।

सङ्ग्रहालय तथा पार्कमा कार्यरत कर्मचारीहरूमाथि लामो समयदेखि एउटै कार्यालयमा बस्दै अनियमितता गरेको आरोप लागिरहेको छ। सहसचिव सुरेश श्रेष्ठ र उपसचिव ज्योति रावलमाथि विशेष गरी राजस्व संकलन र खर्च व्यवस्थापनमा मनपरी भएको आरोप स्थानीय स्रोतहरूले लगाएका छन्।

प्राप्त विवरणअनुसार, नारायणहिटी दरबार सङ्ग्रहालयबाट वार्षिक रूपमा १० करोड रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको बताइन्छ। तर उक्त रकमको स्पष्ट लेखाजोखा नदेखिएको र मर्मत–सम्भारमा न्यूनतम खर्चसमेत नगरेको गुनासो उठेको छ।

कार्यालय संरचनातर्फ हेर्दा, यहाँ नासु ३३ जना, खरिदार २८ जना, शाखा अधिकृत ३५ देखि ३८ जना, तीन उपसचिव र एक सहसचिवसहितको ठूलो जनशक्ति रहेको छ। तर यति ठूलो संरचना हुँदाहुँदै पनि प्रभावकारी व्यवस्थापन हुन नसकेको आरोप छ।

स्थानीय अवलोकनअनुसार, संग्रहालय र गणतन्त्र पार्क दुवै क्षेत्रमा भौतिक संरचना जीर्ण बन्दै गएको, मर्मत–सम्भार नहुँदा वातावरण अव्यवस्थित देखिएको र पार्क क्षेत्र फोहोर व्यवस्थापनमा समेत कमजोर रहेको अवस्था छ।

राजनीतिक परिवर्तनसँगै नेकपा एमाले, नेपाली कांग्रेस वा राष्ट्रिय स्वतन्त्र पार्टी को सरकार बने पनि सम्बन्धित कर्मचारीमाथि प्रभावकारी अनुगमन र कारबाही हुन नसकेको आरोप छ।

यस विषयमा आधिकारिक निकायबाट छानबिन गरी वास्तविक अवस्था सार्वजनिक गर्न तथा सार्वजनिक सम्पत्तिको पारदर्शी र उत्तरदायी व्यवस्थापन सुनिश्चित गर्न सरोकारवालाहरूले माग गरेका छन्।

civil hospital
Hams Hospitals