लुम्बिनी प्रदेश सभा सांसद रेखा शर्मा पक्राउ
वि.सं.२०८२ चैत १६ सोमवार
shares
काठमाडौँ । लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मा पक्राउ परेकी छिन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सोमबार साँझ काठमाडौँको धुम्बराही क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
प्रहरी स्रोतका अनुसार शर्मालाई केही समयदेखि अनुसन्धानमा राखिएको प्रकरणसँग सम्बन्धित विषयमा पक्राउ गरिएको हो। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला प्रहरी परिसरमा लगिएको छ।
यसअघि पनि उनीमाथि एक बालिकालाई घरेलु कामदारका रूपमा राखेर श्रम शोषण तथा शारीरिक दुर्व्यवहार गरेको आरोपमा जाहेरी दर्ता भएको थियो।
उक्त प्रकरण सार्वजनिक भएपछि लामो समयदेखि उनीमाथि कारबाहीको माग उठ्दै आएको थियो। विशेषगरी बालअधिकारकर्मी तथा विभिन्न पक्षले कानुनी कारबाही गर्न दबाब दिँदै आएका थिए।
प्रहरीले हाल प्रारम्भिक अनुसन्धान जारी रहेको जनाएको छ भने मुद्दाको प्रकृति र थप कानुनी प्रक्रिया सम्बन्धी विवरण छिट्टै सार्वजनिक गरिने बताइएको छ।




























