नेप्से परिसूचक १९.७० अंकले बढेर २,८५१.०९ बिन्दुमा बन्द
वि.सं.२०८२ चैत १७ मंगलवार
414
shares
shares
काठमाडौं ।साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ। नेप्से सूचक १९.७० अंकले वृद्धि भई २,८५१.०९ विन्दुमा पुगेर बजार बन्द भएको छ, जुन ०.६९ प्रतिशतको वृद्धि हो।
आजको कारोबारमा कुल १ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने २ करोड ७९ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको देखिन्छ।
बजारमा आज १९५ कम्पनीका शेयर मूल्य बढ्दा ६३ कम्पनी घटेका छन् भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ। दिनभर बजारमा उतारचढाव देखिए पनि अन्त्यतिर सूचक उकालो लाग्दै सकारात्मक नोटमा बजार बन्द भएको हो।
विश्लेषकहरूले पछिल्ला दिनहरूमा लगानीकर्ताको विश्वास बढ्दै जाँदा बजारमा सुधार देखिएको बताएका छन्।





























