दानवहादुरको ठाउँमा मनोजको चर्चापछि कार्कीको गला अवरुद्ध
वि.सं.२०८२ चैत १९ बिहीवार
shares
काठमाडौँ । प्रहरी महानिरीक्षक दानवहादुर कार्की केही दिनअघि गृहमन्त्री सुदन गुरुङको उपस्थितिमा भावुक देखिएका छन् । मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनी गला अवरुद्ध पारेर उभिएको दृश्यले प्रहरी संगठनभित्रको आन्तरिक तनावलाई सतहमा ल्याएको छ ।
स्रोतका अनुसार जेनजी आन्दोलनकारीप्रति असहिष्णु व्यवहार देखाएको आरोप खेपिरहेका कार्की पछिल्लो समय व्यक्तिगत र पेशागत दबाबका कारण चिन्तित अवस्थामा छन् । सरकारले उनलाई अन्यत्र व्यवस्थापन गर्दै मनोज केसीलाई प्रहरी प्रमुख बनाउने तयारी गरिरहेको चर्चा छ । यसको जनाउ पाएका दानवहादुरले वचाउका लागि अनेक यत्न जारी राखेका छन् ।
कार्की तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्यालको बलियो समर्थनमा प्रहरी महानिरीक्षक बनेका थिए । उनीसँग निकट रहेका व्यक्तिहरूले भने उच्च पदमा पुग्न उनले विभिन्न तहमा आर्थिक लगानीसमेत गरेको दाबी गर्ने गरेका छन् । उनलाई पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीसँग पनि पारिवारिक साइनो जोडिएको बताउँदै त्यसैमार्फत प्रभाव विस्तार गरेको आरोप पनि उनलाई छ ।
एक उच्च प्रहरी अधिकृतका अनुसार ‘लगानी नै नउठाई पद छाड्नुपर्ने अवस्था आउन सक्ने चिन्ताले उनी मानसिक रूपमा दबाबमा देखिएका छन् ।’ यही कारण हाल देखिएको भावुकता व्यक्तिगत पीडासँग बढी जोडिएको हुनसक्ने ती अधिकारीले बताए ।




























