राजश्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम
वि.सं.२०८२ चैत १९ बिहीवार
243
shares
shares
काठमाडौँ । स्वर्णिम वाग्ले नेतृत्वको अर्थ मन्त्रालय ले राजश्व चुहावट नियन्त्रणका लागि आज उच्चस्तरीय बैठक बोलाएको छ।
बिहीबार बिहान ११ बजे मन्त्रालयमा सुरु हुने बैठक करिब एक घण्टाका लागि तय गरिएको मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेयले जानकारी दिएका छन्।
अर्थमन्त्री वाग्लेको अध्यक्षतामा बस्ने बैठकमा सुधन गुरुङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ र गृह मन्त्रालयका सचिवहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल का प्रमुखहरू सहभागी हुनेछन्। साथै राजश्व प्रशासनसँग सम्बन्धित विभाग र महाशाखाका प्रमुखहरू पनि बैठकमा रहनेछन्।
बैठकमा राजश्व छली, चोरी पैठारी नियन्त्रण र कानून कार्यान्वयनका विषयमा केन्द्रित छलफल हुने जनाइएको छ। अर्थमन्त्री वाग्लेले सो विषयमा कडा निर्देशन दिने तयारी गरेका छन्।




























