इरानलाई ट्रम्पको धम्की– ‘आज राति एउटा सम्पूर्ण सभ्यता मर्नेछ’
वि.सं.२०८२ चैत २४ मंगलवार
shares
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सीधा चेतावनी दिँदै मंगलबार राति “एउटा पूरै सभ्यता समाप्त हुन सक्ने” बताएका छन्। ट्रम्पले इरानलाई सम्झौता गर्न वाशिङ्टन समयअनुसार मंगलबार राति ८ बजेसम्मको समय दिएका छन्। तर अहिलेसम्म इरानतर्फबाट कुनै सहमति भएको जानकारी आएको छैन। यसैबीच ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा लेखेका छन्– “आज राति एउटा पूरै सभ्यता समाप्त हुनेछ, र फेरि कहिल्यै फर्केर आउने छैन।” उनले थप लेखेका छन्, “म यस्तो होस् भन्ने चाहन्नँ, तर सम्भवतः त्यस्तै हुनेछ। तर अब पूर्ण र सम्पूर्ण शासन परिवर्तन भएपछि, जहाँ फरक, अझ बुद्धिमान र कम कट्टर विचार भएका मानिसहरू अघि बढ्छन्, सायद केही क्रान्तिकारी रूपमा अद्भुत हुन सक्छ।” उनले भनेका छन्, “कसलाई थाहा ? हामी आज राति थाहा पाउनेछौं। यो विश्वको लामो र जटिल इतिहासको सबैभन्दा महत्वपूर्ण क्षणहरूमध्ये एक हुनेछ। ४७ वर्षको जबरजस्ती, भ्रष्टाचार र मृत्यु अन्ततः समाप्त हुनेछ। इरानका महान जनतालाई भगवानको आशीर्वाद रहोस्!”






























