निजामती कर्मचारीका लागि विदेशी छात्रवृत्ति खुला, आवेदन आह्वान

13.7K
shares
Nabil bank

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैदेशिक अध्ययनमा जान इच्छुक तथा योग्य निजामती कर्मचारीहरूका लागि आवेदन आह्वान गरेको छ।

मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार नेपाल सरकारका विभिन्न सेवा समूहअन्तर्गत कार्यरत कर्मचारीहरूलाई आफ्नै छात्रवृत्तिमा वैदेशिक अध्ययनमा सहभागी हुने अवसर प्रदान गरिनेछ। यसका लागि इच्छुक र योग्यता पुगेका कर्मचारीहरूबाट आवेदन माग गरिएको हो।

प्रशासन सेवा, लेखा सेवा, विविध सेवा, इन्जिनियरिङ, वन, कृषि, शिक्षा, परराष्ट्र, स्वास्थ्य सेवा लगायत विभिन्न १४ सेवा समूहअन्तर्गतका कर्मचारीहरूले आवेदन दिन सक्नेछन्। कार्यक्रम अन्तर्गत एक वर्षे र दुई वर्षे स्नातकोत्तर तहका अध्ययन अवसरहरू उपलब्ध गराइने मन्त्रालयले जनाएको छ।

उक्त छात्रवृत्ति कार्यक्रमका लागि विभिन्न मन्त्रालय, प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र ७५३ वटै स्थानीय तहलाई परिपत्र गरी योग्य कर्मचारीहरूको मनोनयन गर्न निर्देशन दिइएको छ। सम्बन्धित निकायमार्फत सिफारिस भएका कर्मचारीहरूलाई छनोट प्रक्रियामा सहभागी गराइनेछ।

मन्त्रालयका अनुसार छनोटमा परेका कर्मचारीहरूलाई आगामी २९ अप्रिलभित्र अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महासाखामार्फत वैदेशिक अध्ययनका लागि पठाइने तयारी गरिएको छ।

यस कार्यक्रमले निजामती सेवामा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धि, अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x