आलोचना गरेरै आएको सरकारले, सुन्न सकेन आलोचना
वि.सं.२०८२ चैत २९ आइतवार
shares
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह विरुद्ध आलोचना गरेको आरोपमा एक पत्रकार पक्राउ परेका छन्, जसले अभिव्यक्ति स्वतन्त्रताको अवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ।
प्रहरीले पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका युट्युबर रोशन पोखरेललाई नियन्त्रणमा लिएको हो। उनीमाथि प्रधानमन्त्री शाहविरुद्ध अपशब्द प्रयोग गर्दै अपमानजनक सामग्री तयार गरेको आरोप लगाइएको छ।
‘एचएडिएस’ नामक युट्युब च्यानल सञ्चालन गर्दै आएका पोखरेललाई साइबर ब्यूरोको अनुसन्धानका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। सम्बन्धित भिडिओ हटाइसके पनि साइबर अपराध अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको छ।
समसामयिक विषयमा जनधारणा झल्काउने सामग्री बनाउँदै आएका पोखरेलले यसअघि रवि लामिछाने लगायतका नेतामाथि पनि कडा आलोचना गर्दै आएका थिए। उमेरले जेन–जी पुस्ताका पोखरेलको पक्राउले आलोचना र अभिव्यक्तिको सीमाबारे बहस चर्किएको छ।




























