कांग्रेसमा बसिएन’ भन्दै पूर्व सांसद बजगाईंको राजीनामा
वि.सं.२०८२ चैत २९ आइतवार
shares
काठमाडौं। नेपाली कांग्रेसका पूर्व सांसद राजेन्द्र बजगाईंले पार्टी छाडेको घोषणा गरेका छन्।
कांग्रेस सदस्यता पुनःस्थापनाको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै उनले उक्त निर्णयको औचित्यमाथि प्रश्न उठाएका छन्।
उनले लेखेका छन्– ‘अन्तत कांग्रेसमा बसिएन। सज्जनको हातमा गोबर छ, पिठ्युँमा घाँसको भारी बोकेर हिँडिरहेका छन्। अनुहारमा सम्भावना बोकेका सोझा नागरिकले पछाडि मात्र सत्य थाहा पाउनेछन्।’
यस्तै, उनले विचलित मानसिकताले ग्रस्त मानिसहरुको भीड बनेको पार्टीमा नबस्ने निर्णय गरेको टिप्पणी समेत गरेका छन्।
उनले लेखेका छन्– ‘संस्कार, इतिहास र प्रगतिपथ अनिश्चिततामा हराएको, विचलित मानसिकताले ग्रस्त मानिसहरुको भीड बनेको पार्टीमा नबस्ने निर्णय गरेको छु।’
उनले केही व्यक्तिहरु पार्टीमा कब्जा अभियानमा लागेको समेत आरोप लगाएका छन्। ‘विशेष वृन्दहरु चरणबद्ध रुपमा पार्टी कब्जा अभियानमा लागेका छन्।’ उनले लेखेका छन्।





























