खुश्बु ओलीको कडा कदम, साइबर ब्यूरोमा उजुरी

1.9K
shares

काठमाडौं । खुश्बु ओली ले सामाजिक सञ्जालमा फैलाइएको दुष्प्रचारविरुद्ध अन्ततः कानुनी बाटो रोजेकी छन्। पछिल्ला केही दिनयता फेसबुक, युट्युब र टिकटकमार्फत आफूविरुद्ध योजनाबद्ध रूपमा आधारहीन र भ्रामक सामग्री प्रसारण भएको भन्दै उनले नेपाल प्रहरी साइबर ब्यूरो मा उजुरी दर्ता गराएकी हुन्।

उनका अनुसार यस्ता सामग्रीहरूले व्यक्तिगत तथा सार्वजनिक जीवनमा क्षति पुर्‍याउने स्पष्ट उद्देश्य बोकेका छन्। प्रारम्भिक चरणमै सम्बन्धित व्यक्तिहरूलाई सचेत गराएको भए पनि चेतावनीलाई बेवास्ता गर्दै दुष्प्रचार निरन्तर जारी राखिएपछि बाध्य भएर कानुनी प्रक्रिया अघि बढाइएको उनले स्पष्ट पारेकी छन्।

ओलीले यस्तो गतिविधि सामान्य आलोचना वा अभिव्यक्ति स्वतन्त्रताको दायराभित्र नपर्ने बताएकी छन्। बरु, योजनाबद्ध रूपमा गलत सूचना फैलाएर व्यक्तिगत र सार्वजनिक छवि धूमिल पार्ने संगठित प्रयास भएको उनको ठहर छ।

उनले घृणा र भ्रम फैलाएर त्यसबाट लाभ कमाउने प्रवृत्ति समाजका लागि गम्भीर खतरा भएको भन्दै यस्ता कार्यलाई सामान्य रूपमा नलिन आग्रह गरेकी छन्।

civil hospital
Hams Hospitals