नेप्से परिसूचक ३३.२७ अंकले बढेर २,८६६.८७ बिन्दुमा बन्द, १० अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको कारोबार
वि.सं.२०८३ वैशाख २ बुधवार
339
shares
shares
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ३२.२७ अंकले बढ्दै २,८६६.८७ विन्दुमा पुगेको छ। बजार १.१७ प्रतिशतले वृद्धि भई सकारात्मक दिशामा बन्द भएको हो।
आजको कारोबारमा कुल २ करोड ६४ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा करिब १० अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।
बजारमा २२१ कम्पनीको मूल्य बढेको छ भने ४५ कम्पनीको घटेको र ३ कम्पनीको मूल्य स्थिर रहेको छ। दिनभर उतार–चढाव देखिए पनि अन्तिम समयमा बजारले सुधार गर्दै हरियो संकेतमा बन्द भएको हो।




























