Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

480
shares

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) ३० रुपैयाँ र गोलभेँडा सानो (भारतीय) ३२ रुपैयाँ तोकिएको छ । आलु रातो प्रतिकिलो २२ रुपैयाँ, आलु रातो (भारतीय) २३ रुपैयाँ र प्याज सुकेको (भारतीय) ३४ रुपैयाँ कायम गरिएको छ ।
यस्तै, गाजर (लोकल) प्रतिकिलो ५० रुपैयाँ, गाजर (तराई) २० रुपैयाँ, बन्दा (लोकल) ४० रुपैयाँ, काउली (स्थानीय) ३० रुपैयाँ, सेतो मूला (हाइब्रिड) २५ रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ र भन्टा डल्लो ५० रुपैयाँ निर्धारण गरिएको छ ।
त्यसैगरी, मटरकोसा प्रतिकिलो ५० रुपैयाँ, घिउ सिमी (लोकल) १५ रुपैयाँ, घिउ सिमी (हाइब्रिड) ३० रुपैयाँ, टाटे सिमी ९० रुपैयाँ, लौका २० रुपैयाँ, फर्सी पाकेको ५० रुपैयाँ, हरियो फर्सी (लाम्चो) २० रुपैयाँ, हरियो फर्सी (डल्लो) २० रुपैयाँ, भिन्डी ३० रुपैयाँ, सखरखण्ड ६० रुपैयाँ र पिँडालु ४० रुपैयाँ तोकिएको छ ।
समितिले रायोसाग प्रतिकिलो ४० रुपैयाँ, पालुङ्गो साग ९० रुपैयाँ, चमसुर ७० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ र हरियो प्याज ७० रुपैयाँ निर्धारण गरेको छ ।
यस्तै, बकूला प्रतिकिलो ४० रुपैयाँ, च्याउ (कन्य) १४० रुपैयाँ, च्याउ (डल्ले) ३५० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ, कुरीलो ३७५ रुपैयाँ, न्यूरो ७० रुपैयाँ, ब्रोकाउली ४० रुपैयाँ, चुकुन्दर ४० रुपैयाँ, सेलरी १२० रुपैयाँ, पार्सले १८० रुपैयाँ, सौफको साग ७० रुपैयाँ, पुदिना ११० रुपैयाँ र गुन्द्रुक २२० रुपैयाँ तोकिएको छ ।
यस्तै, समितिले स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) २६० रुपैयाँ, अनार ३५० रुपैयाँ, अंगुर (हरियो) २१० रुपैयाँ, अंगुर (कालो) ३३० रुपैयाँ, सुन्तला (भारतीय) १४० रुपैयाँ, तरबुजा (हरियो) ३५ रुपैयाँ, भुइँकटहर प्रतिगोटा १५० रुपैयाँ, काँक्रो (लोकल) २० रुपैयाँ, काँक्रो (हाइब्रिड) १० रुपैयाँ, मेवा (नेपाली) ६० रुपैयाँ, आभोकाडो ६०० रुपैयाँ निर्धारण गरिएको छ ।

civil hospital
Hams Hospitals