१२ करोडको अपार्टमेन्ट अब सुकुमबासीका लागि प्रयोगमा

399
shares

काठमाडौं । सुनिता डंगोल ले सुकुमबासी व्यवस्थापनका लागि तयार पारिएको नागार्जुन नगरपालिका–१ स्थित सरकारी अपार्टमेन्टको स्थलगत अवलोकन गरेकी छन्।

थापाथली, सिनामंगल र मनोहरा क्षेत्रका सुकुमबासी बस्तीहरू हटाउने अभियान चलिरहँदा विस्थापित हुने परिवारहरूलाई उक्त सरकारी भवनमा सार्ने तयारी गरिएको हो।

अवलोकनका क्रममा डंगोलले भवनको सरसफाइ, मर्मत तथा आवश्यक व्यवस्थापन कार्य तीव्र रूपमा अघि बढाउन निर्देशन दिएकी बताइएको छ। हाल अपार्टमेन्टमा बसोबास योग्य वातावरण बनाउन सफाइ र मर्मतको काम भइरहेको छ।

उक्त अपार्टमेन्ट तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई को कार्यकालमा निर्माण गरिएको हो। करिब १२ करोड रुपैयाँ लागतमा निर्माण गरिएको यो भवन मूलतः सुकुमबासी व्यवस्थापनकै उद्देश्यले बनाइएको थियो।

सरकारले वास्तविक सुकुमबासी पहिचान गरी उनीहरूलाई व्यवस्थित रूपमा बसोबास गराउने योजना अघि बढाएको जनाएको छ। यस अभियानमा काठमाडौं महानगरपालिकाले पनि समन्वय र सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

civil hospital
Hams Hospitals