नेपाल राष्ट्र बैंकको नाममा ३ करोड असुली ? लोगो दुरुपयोग प्रकरणले हलचल

1.5K
shares

काठमाडौं । नेपाल राष्ट्र बैंक आफ्नो ७१औँ वार्षिकोत्सव मनाउने तयारीमा जुटिरहँदा गम्भीर अनियमितताको आशंका उब्जिएको छ।

हरेक वर्षझैँ यसपटक पनि केन्द्रीय बैंकले कर्मचारीलाई पदअनुसार २८ दिनसम्मको दैनिक भ्रमण भत्ता दिने, खेलकुद तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने र वैशाख १४ गते रात्रिभोज कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ।

तर, यसपटकको वार्षिकोत्सवसँग जोडिएको विज्ञापन व्यवस्थापनले बैंकभित्रै प्रश्नको पहाड खडा गरेको छ।

सामान्यतः विज्ञापनमा न्यून खर्च गर्ने नीति अपनाउँदै आएको राष्ट्र बैंककै नाममा “डिजिटल आर्थिक पत्रिका” नामक एजेन्सीले वैशाख २ गते विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई पत्र पठाउँदै विज्ञापन संकलन थालेको खुलेको छ।

अचम्म त के भने—उक्त पत्रमा राष्ट्र बैंकको आधिकारिक लोगो प्रयोग गरिएको छ, जुन आफैंमा गम्भीर विषय बनेको छ।

स्रोतका अनुसार, सोही पत्रका आधारमा विभिन्न बैंक तथा वित्तीय संस्थाबाट करिब तीन करोड रुपैयाँ उठाइएको अनुमान गरिएको छ।

यो प्रकरणले ठूलो प्रश्न उठाएको छ—

१) कसको आडमा राष्ट्र बैंकको लोगो प्रयोग भयो ?

२) के भित्रैबाट मिलेमतो छ ?

स्रोत भन्छ, “यस्तो काम बाहिरबाट मात्र सम्भव हुँदैन, भित्रै कसैको संरक्षण नभई राष्ट्र बैंकको नाम र लोगो प्रयोग गरेर रकम उठाउने साहस हुँदैन।”

यदि यो आरोप पुष्टि भयो भने, केन्द्रीय बैंकजस्तो संवेदनशील संस्थाको विश्वसनीयतामै गम्भीर धक्का पुग्ने देखिन्छ।

civil hospital
Hams Hospitals