बालेन असफल, डंगोल सफल ? सुकुम्बासी हटाउनेमा नयाँ बहस

300
shares

काठमाडौं । बालेन्द्र शाह ले लामो समयसम्म हात हाल्न नसकेको सुकुम्बासी समस्या अन्ततः सुनिता डंगोल को कार्यकालमा आएर निर्णायक मोडमा पुगेको छ।

थापाथली, सिनामंगल र मनोहरा क्षेत्रका सुकुम्बासी बस्तीहरू हटाउने काम केही महिनामै तीव्र रूपमा अघि बढाइएको छ। यसले महानगरभित्रै ‘नेतृत्वको प्रभावकारिता’ माथि बहस सुरु गराएको छ।

बालेन शाह मेयर बनेपछि सुकुम्बासी व्यवस्थापनको मुद्दा बारम्बार उठे पनि व्यवहारमा उल्लेखनीय प्रगति हुन सकेको थिएन। तर, कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालेकी सुनिता डंगोलले छोटो समयमै बस्ती हटाउने निर्णय कार्यान्वयनतर्फ लगेकी छन्।

यससँगै विस्थापित सुकुम्बासीहरूलाई नागार्जुनस्थित सरकारी अपार्टमेन्टमा राख्ने तयारी पनि सँगसँगै अघि बढाइएको छ।

तर, आलोचकहरू भने यसलाई केवल ‘बलपूर्वक हटाउने’ कदमका रूपमा पनि हेर्दै आएका छन्। उनीहरू भन्छन्—दीर्घकालीन समाधान बिना बस्ती हटाउनु समस्या सार्ने मात्रै हो।

यता समर्थकहरू भने डंगोलको कदमलाई ‘निर्णय लिन सक्ने नेतृत्व’ को रूपमा व्याख्या गर्दै आएका छन्।

यस घटनाले एउटा ठूलो प्रश्न जन्माएको छ—

समस्या समाधानमा इच्छाशक्ति महत्वपूर्ण कि समय ?

काठमाडौं महानगरभित्र अहिले यही बहस चर्किएको छ।

civil hospital
Hams Hospitals