कृषि विकास बैंकको नाफा घट्यो, इम्पेयरमेन्ट चार्ज बढ्दा दबाब

108
shares

काठमाडौं ।कृषि विकास बैंक ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा गिरावट आएको जनाएको छ ।

बैंकले समीक्षा अवधिमा १ अर्ब ३९ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.४२ प्रतिशतले कम हो ।

अघिल्लो वर्ष सोही अवधिमा बैंकको नाफा १ अर्ब ८४ करोड ४३ लाख रुपैयाँ थियो ।

ब्याज आम्दानी बढे पनि इम्पेयरमेन्ट चार्ज उच्च भएकाले नाफामा दबाब परेको बैंकले जनाएको छ ।

समीक्षा अवधिमा खुद ब्याज आम्दानी १०.६९ प्रतिशतले बढेर ६ अर्ब ६३ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।

तर, इम्पेयरमेन्ट चार्ज भने उल्लेख्य रूपमा बढेर १ अर्ब ९६ करोड ५४ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष सोही अवधिमा यस्तो चार्ज ९१ करोड ६८ लाख रुपैयाँ थियो ।

कुल सञ्चालन आम्दानी ७ प्रतिशतले बढेर ८ अर्ब ११ करोड ९० लाख रुपैयाँ पुगे पनि सञ्चालन मुनाफा १८.३९ प्रतिशतले घटेर २ अर्ब १२ करोड ९ लाख रुपैयाँमा सीमित भएको छ ।

बैंकको वितरणयोग्य मुनाफा पनि घटेर १ अर्ब २५ करोड १४ लाख रुपैयाँमा झरेको छ ।

त्यस्तै, प्रतिसेयर आम्दानी १५.४० रुपैयाँबाट घटेर १०.७१ रुपैयाँमा पुगेको छ भने खराब कर्जा ४.९८ प्रतिशतबाट बढेर ५.०६ प्रतिशत पुगेको छ ।

बैंकको प्रतिसेयर नेटवर्थ २२८.७८ रुपैयाँ रहेको छ । चुक्ता पुँजी १९ अर्ब ७८ करोड ८२ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १७ अर्ब ४१ करोड ६२ लाख रुपैयाँ सञ्चित छ ।

चैत मसान्तसम्म बैंकले ३ खर्ब ३० अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २६ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।

civil hospital
Hams Hospitals