प्रभु बैंकको खुद नाफा खुम्चियो, खराब कर्जा ८.८४ प्रतिशत

108
shares

काठमाडौं ।प्रभु बैंक लिमिटेड ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा उल्लेख्य गिरावट आएको जनाएको छ ।

बैंकले चालु आवको चैत मसान्तसम्म ८५ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको १ अर्ब ८७ करोड ६० लाख रुपैयाँको तुलनामा ५४.६१ प्रतिशतले कम हो ।

समीक्षा अवधिमा खुद ब्याज आम्दानी सामान्य बढेर ७ अर्ब १८ करोड १९ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ९ अर्ब ८२ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।

यद्यपि आम्दानीमा सामान्य सुधार भए पनि नाफामा गिरावट आएको छ ।

सञ्चालन मुनाफा ३४ प्रतिशतले घटेर २ अर्ब २६ करोड ४३ लाख रुपैयाँमा सीमित भएको बैंकले जनाएको छ ।

वितरणयोग्य मुनाफा ४ अर्ब २८ करोड ८१ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

बैंकको खराब कर्जा (एनपीएल) ५.०९ प्रतिशतबाट बढेर ८.८४ प्रतिशत पुगेको छ, जसले कर्जाको गुणस्तरमा दबाब देखाएको छ ।

त्यस्तै, प्रतिसेयर आम्दानी १०.६३ रुपैयाँबाट घटेर ४.८२ रुपैयाँमा झरेको छ ।

बैंकको बेस रेट ५.१४ प्रतिशत र प्रतिसेयर नेटवर्थ १४६.२६ रुपैयाँ रहेको छ ।

२३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १५ अर्ब १७ करोड ८९ लाख रुपैयाँ सञ्चित छ ।

चैत मसान्तसम्म बैंकले ३ खर्ब ३५ अर्ब ५३ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २१ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।

civil hospital
Hams Hospitals