वाणिज्य बैंकहरूको नाफा १९ प्रतिशतले बढ्यो, नबिल अग्रस्थानमा

213
shares

काठमाडौं चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म २० वाणिज्य बैंकहरूले कुल ४९ अर्ब २१ करोड २२ लाख रुपैयाँ नाफा कमाएका छन् । अघिल्लो वर्षको चैतसम्म वाणिज्य बैंकहरुले ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। जुन अघिल्लो वर्षको तुलनामा १९.३० प्रतिशत बढी हो।

सार्वजनिक विवरण अनुसार सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ भने वृद्धिदरका हिसाबले कुमारी बैंक अग्रस्थानमा रहेको छ।

समीक्षा अवधिसम्म नबिल बैंकले ६ अर्ब ७६ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो बैंकको नाफा ३३.९२ प्रतिशतले बढेको छ।

यसैगरी दोस्रो धेरै नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ। समीक्षा अवधिसम्म बैंकले ४ अर्ब ४० करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ४ अर्ब १७ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा २.९३ प्रतिशतले घटेको छ।

तेस्रो धेरै नाफा कमाउनेमा कुमारी बैंक रहेको छ। बैंकले समीक्षा अवधिसम्म ४ अर्ब १७ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले २८ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा नाफा १३६१.७६ प्रतिशतले बढेको छ। वाणिज्य बैंकहरुमा यो वृद्धिदर सर्वाधिक हो।

त्यस्तै समीक्षा अवधिसम्म एभरेष्ट बैंकले ३ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ३ अर्ब १४ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म एभरेष्टले ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ नेपाल इन्भेस्टमेन्ट मेगाले ४ अर्ब ५४ करोड लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा एभरेष्टको नाफा ३.७१ प्रतिशत र नेपाल इन्भेस्टमेन्ट मेगाको ३०.६९ प्रतिशतले घटेको छ।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा १३ वटा बैंकको नाफा बढेको छ भने ७ वटाको घटेको छ। समीक्षा अवधिमा सबैभन्दा कम नाफा कमाउनेमा एनआईसी एसिया बैंक रहेको छ। यो बैंकले १४ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

civil hospital
Hams Hospitals