सरकारी बैंकमा ‘क्लिन स्वीप’ : तीनै अध्यक्षको सामूहिक राजीनामा

543
shares

 

काठमाडौं । सरकारी स्वामित्वका तीन ठूला वाणिज्य बैंकका अध्यक्षहरूले एकैसाथ पदबाट राजीनामा दिएका छन् ।

अर्थ मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय वाणिज्य बैंक का अध्यक्ष देवकुमार ढकाल, कृषि विकास बैंक का अध्यक्ष डिमप्रसाद पौडेल तथा नेपाल बैंक लिमिटेड का अध्यक्ष डिल्लीराज शर्मा ले बुधबार नै पदबाट राजीनामा बुझाएका हुन् ।

उनीहरूले अर्थ मन्त्रालयअन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा राजीनामा पेश गरेका छन् ।

नयाँ सरकारले अघिल्लो सरकारको पालामा राजनीतिक भागबण्डाका आधारमा नियुक्त गरिएका १५ सय ९४ पदाधिकारीलाई अध्यादेशमार्फत पदमुक्त गरिसकेको छ । यद्यपि सरकारी बैंकका पदाधिकारीहरू उक्त अध्यादेशको दायरामा परेका थिएनन् ।

तर, सरकारले ‘मार्ग प्रशस्त’ गर्न मौखिक संकेत दिएपछि तीनै बैंकका अध्यक्षहरूले सामूहिक रूपमा पदत्याग गरेको स्रोतको दाबी छ ।

सरकारले सार्वजनिक संस्थाहरूमा राजनीतिक प्रभाव घटाउँदै नयाँ नेतृत्व ल्याउने तयारी गरिरहेको बेला सरकारी बैंकहरूमा भएको यो एकैपटकको राजीनामालाई वित्तीय क्षेत्रको ठूलो शक्ति–पुनर्संरचनाका रूपमा हेरिएको छ ।

विपक्षी दलहरूले भने सरकारको कदमलाई सुधारभन्दा बढी ‘राजनीतिक सफाइ अभियान’ भन्दै आलोचना गर्न थालेका छन् ।

civil hospital
Hams Hospitals