गजल
वि.सं.२०८३ वैशाख २५ शुक्रवार
399
shares
shares
काँधैमा हात राखेर भुतुक्क पार्यौ
नजरले मुटु ताकेर भुतुक्क पार्यौ
छुँदै खेरी तरंग छुट्ने रहेछ मोहनी
नजरले नजर डाकेर भुतुक्क पार्यौ
हेर्दै खेरी कलेजी खाने रुपै थ्यो राम्रो
लजालु मुहार ती ढाकेर भुतुक्क पार्यौ
छचल्किने जवानीको थियो नवै रंग
पोखिँदो यौवन फ्याँकेर भुतुक्क पार्यौ
किन किन तिमी बिना मन अशान्त भो
यही कविलाई भाकेर भुतुक्क पार्यौ





























