आज थलापति विजयले मुख्यमन्त्रीको शपथ लिँदै

366
shares

एजेन्सी । तमिलगा वेत्री कजगम (टीभीके) का प्रमुख थलापति विजय आज (मे १०) देखि तमिलनाडुको मुख्यमन्त्री बन्ने भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार अभिनेतासमेत रहेका विजयले आज बिहान १० बजे चेन्नईको जवाहरलाल नेहरू स्टेडियममा तमिलनाडु राज्यको नवौँ मुख्यमन्त्रीका रूपमा शपथ खानेछन् ।

२३४ सदस्यीय तमिलनाडु विधानसभामा सरकार गठनका लागि बहुमत ११८ सांसदको समर्थन जुटाउनुपर्छ । हालै भएको विधानसभा चुनावमा विजयको पार्टी टीभीकेले १०८ स्थानमा मात्र विजय हासिल गरेको छ । यसमा पनि विजयले दुई ठाउँमा जितेको संख्या जोडिएकाले एक क्षेत्र छाड्नुपर्छ । जसले गर्दा सरकार गठनका लागि उनको दलबाट १०७ सिटको मात्र हिसाब हुन्छ ।

विजयले मुख्यमन्त्री बन्न कंग्रेस, सीपीआई, सीपीएम, भीसीके र आईयूएमएल दलको सहयोगमा बहुमत जुटाएका हुन् । उनले शनिबार कुल १२१ विधायकको समर्थनपत्र राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरसमक्ष बुझाएका छन् ।

आज उनलाई राज्यपालले तमिलनाडुको मुख्यमन्त्री पदमा शपथ खुवाउनेछन् ।

civil hospital
Hams Hospitals