अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइँदै

294
shares

 

काठमाडौं । आज (मंगलबार) अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइँदै छ ।

हरेक वर्ष मे १२ मा नेपाललगायत विश्वभर विभिन्न कार्यक्रम गरेर नर्सिङ दिवस मनाइँदै छ । यो दिन नर्सहरूलाई सम्मान गर्न र नर्सिङ पेसालाई बढावा दिनका लागि विशेष मानिन्छ ।

आधुनिक नर्सिङको संस्थापक फ्लोरेन्स नाइटिंगेलको जन्म सन् १८२० मे १२ मा भएको थियो । यही कारणले गर्दा समाज र स्वास्थ्य क्षेत्रमा नर्सको योगदानलाई स्मरण गर्ने, यस पेसाको प्रवद्र्धन र नर्सहरूलाई सम्मान गर्ने उद्देश्यले सन् १९७४ मा अन्तर्राष्ट्रिय नर्स परिषद्ले यो दिवस मनाउने घोषणा गरेको थियो ।

civil hospital
Hams Hospitals